पोखरामा पृथ्वीराजमार्ग भासियो, सवारी एकतर्फी

  • १९८
  • बुधबार, १२ आषाढ २०८१


काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका-१४ चाउथेमा पर्ने सडकखण्ड भासिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार राजमार्ग बुधबार बिहान करिब साढे छ बजेको समयमा भासिएको हो ।

अविरल वर्षाले सडक भासिएपछि उक्त राजमार्ग भएर हिँड्ने सवारी साधनसमेत प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्की सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले सडक अहिले एकतर्फी खुलाइएको जानकारी दिए ।

 

सडकको दायाँ भाग अन्दाजी ५ मिटर लम्बाई, र १.५ मिटर चौडाइ सडक घट्टे कुलोको पानीले काटेर भत्काएको प्रहरीले जनाएको छ । उक्त स्थानदेखि करिब १० मिटर अगाडिको सडक खण्डमा दायाँतर्फको करिब ७ मिटर लम्बाइ र करिब १ मिटर चौडाइ भासिएको शर्माले बताए । ‘सडक मर्मत गरेर खुलाउने प्रयास भइरहेको छ । कुनै मानवीय क्षति छैन’, उनले भने ।

गत २४ घन्टामा पोखराको लामापाटन जल मापन केन्द्रमा १३४.२ मिलिमिटर वर्षा मापन गरिएको छ । २४ घन्टाको अवधिभित्र १२० मिलिमिटर वर्षा भएमा त्यसले क्षति पुर्‍याउने जोखिम रहन्छ ।

 

२ दिनअघिमात्रै पोखराकै जिरोकिलोमिटरमा पनि सडक भासिएको थियो । पोखरामा सामान्य वर्षामै पनि जमिन भासिने समस्या व्यहोर्दै आएको छ ।

पोखराको माटो चुनयुक्त भएको र पानीसँग घुलेर जाँदा जमिन भासिने गरेको विज्ञहरुले बताउँदै आएका छन् ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com