भक्तपुरको चाँगुनारायण नगरपालिकाले आर्थिक बर्ष २०८२-८३ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ। नगरपालिकामा बसेको १७ औ नगरसभामा उपप्रमुख रमेश बुढाथोकीले आगामी आर्थिक बर्षका लागि १ अर्व ८४ करोड ५६ लाख रूपैया बजेट पेश गर्नुभयो । आगामी आर्थिक बर्षका चालू र पुजिगत खर्च आवश्यकता अनुसार विनियोजन गरेको बताउनुभयो । नगरपालिकाले चालू आर्थिक बर्षमा २ अर्व १२ करोड २३ लाख विनियोजन गरिएकोमा ५३ डशमलव ७८ प्रतिशत अर्थात १ अर्व १४ करोड १५ लाख रूपैया मात्रै खर्च भएको उपप्रमुख बुढाथोकीले बताउनुभयो । यस्तै नगरप्रमुख जीवन खत्रीले नगरसभामा आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ। नगरपालिकाले दिगो , आय तथा रोजगारीमुलक प्रविधि र बातावरणमैत्री पर्यटन नीति अवलम्वन गरिएको छ। नगरकोट भ्रमण बर्ष २०८२ को सफल कर्यान्वयनका लागि मौलिकता र नवप्रवर्तनमा जोड दिएर विभिन्न साहित्यिक तथा शैक्षिक कार्यक्रम सहित महोत्सव संचालन गरिने नीति लिएको छ। नगरपालिकाले ऐतिहासिक , पुरातात्विक, धार्मिक र सास्कृतिक महत्वका क्षेत्रहरूको पहिचान गरि संरक्षण र व्यस्थापन गरिने नीति नगरपालिकाले लिएको छ। स्थानिय स्रोत तथा सीपमा आधारित स्थानिय उत्पादनलाई प्रोत्साहन गर्दै परम्परागत रूपमा संचालनमा रहेका घरेलु तथा साना उद्योग संचालन र प्रवर्धन गर्ने नीति अवलम्वन गरिने प्रमुख खत्रीले बताउनुभयो ।
नगरपालिकाले विद्यालय बाहिर बलकालिका शून्य हुने गरि सिकाईमा निरन्तरता र सुरक्षित सिकाई जीवनका लागि बचत खाता छोरीको सुरक्षा जिवनभरिको कार्यक्रमलाई निरन्तरता दिदै छोराहरूको लागि समेत बचत खाता कार्यक्रम संचालनमा ल्याईने नीति लिएको छ ।