भक्तपुर नगरपालिकाको १८ औ नगरसभावाट आर्थिक बर्ष २०८२ -८३ का लागि चालू खर्च १ अर्व ५२ करोड ५३ लाख रुपैयाँ अर्थात ६१ डशमलव ६७ प्रतिशत र पूजिगत खर्च तर्फ ८० करोड ४८ लाख रुपैया अर्थात ३२ डशमलव ५४ प्रतिशत बजेत विनियोजन गरिएको उपप्रमुख रजनी जोशीले नगरसभामा वजेट पेश गर्नुभयो । यस्तै वितिय व्यवस्थापन तर्फ १४ करोड ३० लाख रुपैया वजेट विनियोजन गरिएको उपप्रमुख जोशीले बताउनुभयो । चालू आर्थिक बर्षका लागि २ अर्व ६६ करोड बजेट विनियोजन गरिएको थियो । जसमध्ये आन्तरिक आय तर्फ नगरपालिकाले ६५ करोड ८३ लाख रुपैया आम्दानी हुने अपेक्षा गरिएकोमा जेठ मसान्त सम्म ४९ करोड २१ लाख रुपैया आम्दानी भएको जनाएको छ । जन अम्दानी कूल अनुमानित आम्दानी को ७४ डशमलव ७५ प्रतिशतमात्रै हो । चालू आर्थिक बर्षमा चालू खर्च १ अर्व ५७ करोड ३ लाख विनियोजन गरिएको मा जेठ मसान्त सम्म जम्म ६ करोड ९ लाख अर्थात ६७ डशमलव ५६ प्रतिशतमात्रै खर्च भएको देखिन्छ । चालू आर्थिक बर्षमा पूजिगत खर्च जेठ मसान्त सम्मा ४४ डशमलव ९१ प्रतिशत मात्रै छ । जसमा ९९ करोड ४० लाख रुपैया पूजिगत खर्च विनियोजन गरिएको थियो । भक्तपुर नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै नगरपालिकाको जग्गा बिक्रीसमेत गरी गरी आ.व. २०८२-८३ को लागि रु. २ अर्ब ४७ करोड ३१ लाख ११ हजारको बजेट प्रस्तुत भयो ।
विनियोजित बजेटको चालू खर्चतर्फ १ अर्ब ५२ करोड ५३ लाख ११ हजार रुपैया अर्थात् ६१.६७ प्रतिशत र पुँजीगत खर्चतर्फ ८० करोड ४८ लाख रुपैयाँ अर्थात् ३२.५४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १४ करोड ३० लाख अर्थात् ५.७८ प्रतिशत विनियोजन गरेको छ ।
बजेट वक्तव्यमा नगरवासी जनताहरुको भावनाबमोजिम विभिन्न शैक्षिक विकास र शिक्षा क्षेत्रका लागि रु. ५४ करोड ४ लाख ६३ हजार रुपैयाँ अर्थात कुल बजेटको २१.८५ प्रतिशत बजेट विनियोजन गरेको छ ।
ख्वप अस्पताललाई आधुनिक सुविधा सम्पन्न बनाउन र अस्पतालको स्तरीकरण समेतका लागि रु. ५ करोड बजेटको व्यवस्था गरेको छ । खँचापुखु स्वास्थ्य चौकी निर्माण कार्य आगामी आ.व.मा सम्पन्न गर्ने गरी रु. ७५ लाख बजेट विनियोजन गरेको छ । स्वास्थ्य क्षेत्रका लागि भक्तपुर नपाले आगामी आ.व.मा रु. १० करोड ३७ लाख ५० हजार विनियोजन गरेको छ ।
भक्तपुरमा रहेको मूर्त र अमूर्त सम्पदाहरुको संरक्षणलाई निरन्तरता दिंदै ऐतिहासिक र धार्मिक महत्व बोकेका विभिन्न स्थानका घाटहरु सुधारका लागि गुरुयोजना बनाई अगाडि बढाउन रु. ३७ लाख ५० हजार विनियोजन गरेको छ भने थन्थु दरबार पुनःनिर्माणको लागि रु. ३ करोड र लायकु पाहाँ छेँको लागि रु. ८५ लाख र भनपा ४ स्थित इखालाछी मठ पुनःनिर्मँणलाई रु. १ करोड ६० लाख बजेट विनियोजन गरेको छ ।
साथै इन्द्रायणी द्योछेँ पुनःनिर्माण कार्य आगामी आ.व. सम्ममा सम्पन्न गर्ने गरी रु. ३० लाख बजेट विनियोजन गरेको छ । सिद्धपोखरी पेटी पुनःनिर्माणको लागि रु. १ करोड, दहि विनायक द्योछेँ पुनःनिर्माणको लागि रु. ५० लाख र इशानेश्वर मन्दिर निर्माणको लागि रु. ३० लाख, रात्रीकालिन बत्ती व्यवस्थाको लागि रु. १ करोड बजेट विनियोजन गरेको छ । सम्पदा पुनःनिर्माण तथा संस्कृति संरक्षणमा आगामी आ. व. का लागि रु. १२ करोड ६८ लाख ५० हजार (५.१३ड) विनियोजन गरेको छ ।
कृषि क्षेत्रअन्तर्गत नगरको उपयुक्त स्थानमा आधुनिक पशु वधशाला निर्माणको लागि रु. २५ लाख, शीत भण्डार गृह निर्माण सञ्चालनको लागि रु. १ करोड र तरकारी बजार निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन रु. ३० लाख बजेट विनियोजन गरेको छ ।
नगरभरका नागरिकहरुलाई पानी घर घरमा पु¥याई खानेपानीको समस्या समाधान गर्न रु. ५० लाख बजेट विनियोजन गरेको छ भने वातावरण तथा सरसफाइका लागि रु. २० करोड २२ लाख (८.१८ प्रतिशत), पर्यटन प्रवद्र्धनमा रु. ४ करोड ९० लाख (१।९८ प्रतिशत) विनियोजन गरेको छ ।
अरनिको सभाभवन निर्माण निरन्तरताको लागि रु. १४ करोड ९० लाख, देको मिवा इतापाके जग्गा एकीकरणको लागि रु. ४ करोड, भार्वाचोमा बहुउद्देश्ीय भवन निर्माणको लागि रु. १ करोड २५ लाख, पार्किङ स्थलको व्यवस्थातर्फ रु. ६० लाख बजेट विनियोजन गरेको छ ।
खेलकुद अन्तर्गत खेलकुदको नियमित प्रशिक्षणको लागि रु. १ करोड, पौडी प्रशिक्षण केन्द्रको लागि रु. ५० लाख, शहिद स्मृति खेलमैदान निर्माणको लागि रु. १ करोड, माहेश्वरी खेलमैदानलाई रु. २ करोड बजेट विनियोजन गरेको छ ।
सीपमूलक तालिमको लागि रु. २५ लाख बजेट विनियोजन गरेको छ भने क्यान्सर, मुटुरोग, मस्तिष्कघाट, स्पाइनल कर्ड इन्जुरी जस्ता दीर्घ रोग लागेका विरामीहरुलाई नगरपालिकाबाट दिंदै आएको रु १५ हजार आर्थिक सहयोगलाई निरन्तरता दिन आवश्यक बजेटको व्यवस्था गरेको छ ।
विविध योजना तथा कार्यक्रमतर्फ ९ करोड १४ लाख रुपैया विनियोजन गरेको छ ।
नगरसभाको सोही बैठकमा उपप्रमुख जोशीले “भक्तपुर नगरपालिकाको आर्थिक विधेयक २०८२”, “भक्तपुर नगरपालिकाको विनियोजन विधेयक, २०८२” सभासमक्ष प्रस्तुत गर्नुभएको थियो ।
नगरसभाको अर्को बैठक असार १० गते दिनको १ बजे बस्ने गरी स्थगित भयो ।
।