एक वर्षमा ११९ जनाले नेपाली नागरिकता छाडे, साढे १३ हजारले लिए अंगीकृत नागरिकता

  • ६८
  • सोमबार, ९ भाद्र २०८२


काठमाडौं । गृह मन्त्रालयले एक वर्षमा साढे सात लाख थान नागरिकता वितरण गरेको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा सात लाख ४१ हजार १२५ थान नागरिकता ७७ जिल्ला प्रशासन कार्यालयबाट वितरण गरिएको हो ।

गृह मन्त्रालयका अनुसार, ०८१ साउन १ गतेदेखि ०८२ असार मसान्तसम्मको अवधिमा वंशजका आधारमा सात लाख २४ हजार ७०४ वटा, वैवाहिक अंगीकृतका आधारमा १३ हजार ७८० वटा र प्रतिलिपि ९८ वटा नागरिकता वितरण गरिएको छ ।

गत आर्थिक वर्षको पछिल्लो तीन महिना अर्थात् २०८२ वैशाखदेखि असार महिनासम्म वंशजको आधारमा दुई लाख ३६ हजार ९२५ र वैवाहिक अंगीकृतका आधारमा चार हजार ११ वटा नागरिकता वितरण भएको गृहको तथ्यांकले देखाउँछ ।

गत आर्थिक वर्ष दुई हजार ५४३ थान गैरआवासीय नागरिकता वितरण गरिएको थियो ।

गत वर्ष विभिन्न जिल्ला प्रशासन कार्यालयमा नागरिकतासम्बन्धी २८८ वटा उजुरी परेका थिए । परेका उजुरीमध्ये २१२ वटा फर्छ्योट गरिएको थियो ।

गृह मन्त्रालयका अनुसार, गत आर्थिक वर्ष ०८१/०८२ मा चार हजार ८१५ वटा नागरिकता रद्दरबदर गरिएको थियो । उक्त समयमा ११९ जनाले नेपाली नागरिकता परित्याग गरेका थिए ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com