भक्तपुर । उच्च माध्यमिक विद्यालय संघ नेपाल भक्तपुर शाखाको अध्यक्षमा मोर्डन कलेजका अनिल कसपाल चुनिएका छन् । भक्तपुर हिसानको छैटौ अधिवेशनले उपाध्यक्षमा एसएस कलेजका निरु ढकाल, सचिवमा इरुडाइट एकाडेमीका दिनेश पाण्डे र कोषाध्यक्षमा सिबर्डका श्याम मानन्धरलाई सर्वसम्मतले चयन गरेको हो ।
सदस्यमा भक्तपुर इङलिस स्कूलका श्रीनारायण यादव, स्वस्तिक कलेजका सुशिल खनाल, अक्सफोर्ड स्कूलका रवि दुवाल चयन भएका छन् ।