भक्तपुरको सुर्यविनायकमा गणेश चतुर्थी धुमधामका साथ मनायो

  • ११०
  • बुधबार, ११ भाद्र २०८२

भक्तपुर : भक्तपुरको सुर्यविनायकमा आज गणेश चतुर्थी धुमधामका साथ मनाएका छन । सुर्यविनायक गणेश मन्दिर रहेको मुल देवातालाई खट यात्रा हर्षोल्लासका गणेश चतुर्थी मनाएका हुन । गणेशको मूर्ति रथारोहन गरी सिन्दूर जात्रा गर्दै बाजागाजाका साथ खट बोकेर टोलटोलमा परिक्रमा गरी रथयात्रा गरेको हुन । जात्रामा सहभागी महिला पुरुषले सिन्दूर खेल्दै गणेशको खटलाई मन्दिरको पश्चिमतर्फ राजथला टोलसम्म, पूर्वतर्फ चालिसे गाउँ गहनादेवी मन्दिरसम्म, उत्तरतर्फ सूर्यविनायक चोक अरनिको राजमार्गसम्मका टोलटोलमा घुमाएर पुनः मन्दिरमा ल्याएर जात्रा सम्पन्न गरिन्छ ।

काठमाडौं उपत्यकाका चार प्रमुख विनायकमध्येको एक सूर्यविनायकलाई स्थानीयले इनरे गणेद्यो भन्ने गरेका छन् । भक्तपुरको नेवार समुदायले भने हिजो राती नै गणेशको पुजा आरधना गरि गणेश चतुर्थी मनाएका छन ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com