जनकपुरधाममा २१ जोडीको सामूहिक विवाह

  • २१६
  • मंगलवार, ३ पौष २०८०


जनकपुरधाम । सीताराम विवाहपञ्चमीको अवसरमा जनकपुरधाममा २१ जोडीको सामूहिक विवाह भएको छ । विश्व हिन्दू परिषद नेपालको आयोजनामा सोमबार साँझ जानकी मन्दिर प्रांगणमा २१ जोडीको सामूहिक विवाह गराइएको हो ।

जानकी मन्दिर प्रांगणमा मैथिली परम्परा अनुसार २१ जोडीको स्वयंबर तथा विवाह सम्पन्न भएको र उनीहरुको सम्पूर्ण वैवाहिक खर्च परिषदले व्यवस्थापन गरेको परिषदका जनकपुर अध्यक्ष सन्तोष साहले जानकारी दिए ।

अध्यक्ष साहका अनुसार प्रत्येक जोडीका लागि सुनको एक आनाको मंगलसुत्र, बेहुलीका लागि ९ सेट साडी, श्रृंगारपटार, बेहुलाका लागि पाइन्टसर्ट, धोतीकुर्ताको व्यवस्था गरिएको थियो । यसैगरी भान्छा कोठामा प्रयोग हुने एक सेट सामान, एक सेट ओछ्यान र बेहुला–बेहुली पक्षका २५/२५ जनाका लागि खाजारखानाको व्यवस्था समेत परिषदले गरिदिएको थियो ।

परिषदका अध्यक्ष साहका अनुसार एक जोडीको बिहेको व्यवस्थापनमा ८०-८५ हजार रुपैयाँ खर्च भएको छ । परिषदले यो खर्च आर्थिक सहयोग संकलन गरी जुटाएको हुन्छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com