भक्तपुर । नेपाली कांग्रेस भक्तपुरका युवा नेता, सूर्यविनायक नगर कार्यसमिति सदस्य तथा समाजसेवी रवि राणाले मिर्गौला रोगबाट पीडित जपिन्द्र अवाल (मेथी)लाई रु १ लाख २५ हजार रुपैया आर्थिक सहयोग गरेका छन ।
आईतवार पार्टी कार्यालय सल्लाघारीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले मनकारी युवा नेतावाट सानै भएपनि पार्टीका एक योद्धालाई परेको गरेको सहयोगले ठुलो हौसला मिल्ने बताए । रकम सानो ठुलो भन्दा पनि एउटा साथीलाई दुख्दा अर्को साथीलाई पनि दुख्छ भन्दै सासद थापाले युवा नेता राणाको स्वर्गिय आमा मिन कुमारी राणाको पनि स्मरण गर्दै एक लाख २५ हजार को आर्थिक सहयोग प्राप्त भएको बताए । जपिन्द्र अवाल तरुण दलका नेता पनि हुन । उनी पार्टीका सवै कार्यक्रममा सक्रिय सहभागी भएर पार्टीको हरेक गतिविधिमा सक्रिय सहभागि भएको भन्दै सांसद थापाले प्रंशसा गर्दै स्वास्थ्य लाभको समेत कामना गरे । जपिन्द्र कि आमाले दिएको मृगौलाका कारण पुनजन्म पाएका भन्दै सासंद थापाले आफनो ज्यानको परवाह नगरि सन्तानलाई मृगौला दिएको भन्दै महान आमा प्रति नमन व्यक्त गरे ।
कार्यक्रममा युवा नेता राणाले परिवार र पार्टीबाट प्राप्त प्रेरणाले राजनिति संगै समाज सेवामा सक्रिय भएको बताए । दुखी र गरिव परिवारलाई सथै सहयोग गर्ने प्रतिवद्धता गर्दै उनले आगामी दिनमा पनि समाज सेवालाई निरन्तरता दिने बताए ।
युवा नेता राणाले मिर्गौला प्रत्यारोपणपछि उपचाररत अवाललाई आर्थिक सहयोग गर्न पाउँदा सन्तोष व्यक्त गरे ।
करिब चार महिना अघि आफ्नी आमाबाट मिर्गौला पाएपछि अवालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनले नेता राणा जस्तै सहयोगी र सेवा भाव भएका ब्यक्तिहरुका कारण आफूमा रोगसंग लड्ने बल मिलेको बताउँदै आफूपनि अन्य मिर्गौला रोगीहरुलाई आवश्यकता सहयोगको लागि लागिरहेको उल्लेख गरे ।