कोशीमा हिक्मत कार्कीको सरकार वैध रहेको सर्वोच्चको ठहर

  • १९४
  • मंगलवार, ११ आषाढ २०८१


काठमाडौं । सर्वोच्च अदालतले कोशी सरकारका मुख्यमन्त्रीमा हिक्मत कार्कीको वैधानिकताको विषयलाई लिएर परेको रिट खारेज गरिदिएको छ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई पदमुक्त गरी हिक्मत कार्कीको नेतृत्वमा नयाँ सरकार गठन प्रक्रिया अघि बढाउने प्रदेश प्रमुख परशुराम खापुङको निर्णय असंवैधानिक रहेको भन्दै सर्वोच्चमा रिट दर्ता गराएको थियो ।

न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासले उक्त रिटमाथि सुनुवाई गर्दै रिट खारेजको फैसला गरेको हो । नेपालको संविधान धारा १६८ को ५ बमोजिम गठित सरकारलाई समर्थन गर्ने दल वा व्यक्तिले दिएको समर्थन फिर्ता लिएको अवस्थामा धारा १८८ को २ बमोजिम ३० दिन भित्र विश्वासको मत लिनुपर्नेमा तत्कालीन मुख्य मन्त्रीले विश्वासको मत नलिएको यस्तो अवस्थामा प्रदेश प्रमुखले नया सरकार गठनको आव्हान गरी नयाँ सरकार गठन भई सो सरकारले विश्वासको मतसमेत लिएको देखिन आएकोले रिट खारेज हुने फैसलाको ठहर छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com