जनकपुरधाम । सर्लाहीको बरहथवामा कर्फ्युको समय आज बिहान सकिएपछि निषेधाज्ञा जारी भएको छ ।
बरहथवा-६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनका क्रममा स्थानीय युवा जयशंकर साहको मृत्यु भएको थियो ।
प्रदर्शन नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले शुक्रबार बेलुका साढे ५ बजेदेखि आज बिहान ८ बजेसम्मको लागि कर्फ्यु जारी गरेको थियो ।
कर्फ्युको समय सकिएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज बिहान ८ बजेदेखि भोलि ९आइतबार० बिहान ८ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको हो ।