गाउँमा पुग्यो आर्थिक मन्दी : दूधको खपतमा कमी, डेरीहरुले कृषकलाई किन दिन थाले ‘मिल्क होलिडे’ ?

  • १२४
  • शुक्रबार, १५ मंसिर २०८०


काठमाडौं । नेपालमा दूधको माग घटेको छ । देशको अर्थतन्त्रमा देखिएको मन्दीको प्रभाव शहर हुँदै गाउँमा र कृषि उत्पादनको प्रमुख दूग्ध व्यवसायमा पनि परेको सरोकारवालाको बुझाइ छ ।


पछिल्लो अवस्थालाई हेर्दा कृषकले उत्पादन गरेको दूध बिक्रीमा कमी आएको देखिएको छ । जसका कारण दूध उत्पादन गरेर त्यसलाई बिक्री गरेर बैंकको किस्ता र छोराछोरीलाई स्कुल पढाइरहेको कृषकको दूध बिक्रीमा कमी आएपछि समस्यामा परेका छन् ।

गाउँमा दूध डेरीहरुले हप्तामा १ देखि २ दिनसम्म दूध सहकारीले नल्याउन भन्न थालिसकेको कृषकको गुनासो छ । अहिले उत्पादन भएको दूध करिब ७ लाख लिटर बढि भइसकेको दाबी गरिएको छ । जसका कारण कृषकलाई डेरीहरुले दूध नल्याउन भन्ने गरेको उनीहरु सुनाउँछन् ।

शहर बजारमा दूधको खपत घटेकाले नै कृषकको दूध बिक्री घटेको देखिन्छ । अब डेरीले बजारमा मागभन्दा धेरै दूध लिन नसक्ने अवस्था आएको बताइएको छ ।नेपालप्रेस

अहिले उत्पादन भएको दूधमा करिब ७ लाख लिटर बढि भइरहेको नेपाल डरी एसोसियसनका अध्यक्ष प्रल्हाद दाहाल नेपाल प्रेससँग बताए ।

उनले भने, ‘अहिले नेपालभर ३१ लाख लिटर दूध उत्पादन भइरहेको छ । केही समय पहिले ३१ दूधले पनि माग धानेको थिएन । त्यति बेला ३५ लाख लिटर दूधको माग थियो । अहिले करिब ७ लाख लिटर दूधको माग घटेको छ । अहिले २४ लाख लिटर दुधको मात्रै बजारमा माग रहेको छ । त्यसैले पनि गाँउको डेरीहरुले मिल्क होलिडे भनेर उत्पादन अनुसारको दूध किन्न सक्ने अवस्था छैन । निजी क्षेत्रका डेरीहरुले पनि १५ देखि ३० दिसम्मको दुधको पैसा दिन सकेका छैनन् ।’

के कारणले दूधको माग घट्यो रु

नेपालमा दूधको माग घट्नुको मुख्य २ कारण रहेको अध्यक्ष दाहाल बताउँछन् । पहिलो भनेको भारतबाट अवैध बाटो भएर नेपाल दूध आउनु हो भने अर्को भारतमा नेपालमा भन्दा १० देखि १५ रुपैयाँ प्रतिलिटर दूध संस्तो हुनु हो ।

अर्को पक्ष भनेको शहर बजारमा बस्ने मान्छेसँग पैसाको कमी हुँदा पनि दूधको खपत कम भएको दाहालको बुझाइ छ ।

कति छन् दूध उत्पादनमा जोडिएका कृषक रु

प्रत्यक्ष रुपमा दूध उत्पादनमा ५ लाख कृषक जोडिएको दाहालले बताए । डेरी व्यवसयमा ३५ हजार जोडिएका छन् । ५ लाखमा शहर केन्द्रितभन्दा बाहेकका कृषकले उत्पादन गरेको दूध बिक्रीमा हप्ताको केही दिन रोक लाग्नेको हो ।

काठमाडौंसँग जोडिएका जिल्लाहरुमा अहिले खासै दूध बिक्रीमा असर परेको छैन । शहरभन्दा अहिले टाढाको दूधलाई हप्तामा २ दिनसम्म रोकिएको छ भने शहर नजिक उत्पादन भएको दूध हप्तामा १ दिन मात्रै रोकिएको छ ।

कति छ दूधको मूल्य रु घट्छ रु

अहिले कृषकले उत्पादन गरेको दूधको मूल्य दूधको फ्याट हेरेर प्रतिलिटर ६५ देखि ७५ रुपैयाँ मूल्य पाइरहेका छन् । दुध उपभोग गर्ने उपभोक्ताले प्रतिलिटर ९० देखि १२० रुपैयाँ लिटरमा खरिद गरिरहेका छन् । नेपालमा दूधको उत्पादन लागत नै धेरै भएकाले मागभन्दा धेरै दूध उत्पादन भएपनि मूल्य घट्ने अवस्था नरहेको दाहालले बताए ।

कृषकले डेरीले दूध बन्द गरेका बेला घ्यू वा पनिर बनाएर पनि पनि बिक्री गरिरहेका छन् ।

मकवानपुरमा गाई फर्म सञ्चालन गरिरहेको मदन लामिछानेले डेरीले दूध रोक्दा समस्या भएको बताए ।

उनले भने, ‘लकडाउनपछि फेरि दूध बन्द हुन थाल्यो । यसले हामी जस्तो व्यवसायिक दूध उत्पादनमा लागेकाहरुलाई समस्या परेको छ । मेरो फर्ममा एक पटकमा १०० लिटर दूध उत्पादन हुन्छ । डेरीले हप्तामा १ दिन दूध रोके पनि समस्या हुन्छ । बजारमा दूधको माग घटेकाले नै दूध रोक्नु परेको हो भन्छन् । मैले दूध बन्द भएको लिन पनिर बनाउने गरेको छु । तर, अहिले बजारमा पहिले जस्तो पनिरको पनि माग छैन ।’

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com