भेपमार्फत सुन तस्करी : चिनियाँ नागरिकको डेरामा छापा, भेटियो रित्तो लकर

  • १७४
  • बुधबार, २७ भाद्र २०८०

विद्युतीय सिगरेट (भेप) भित्र लुकाएर तस्करी भएको ९ किलो सुन प्रकरणमा संलग्न एक जना आरोपीको डेरामा प्रहरीले छापा मारेको छ ।

सुन ल्याउने गिरोहका मुख्य सदस्य चिनियाँ नागरिक दाओजिन वाङको सीतापाइलास्थित डेरामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको हो । सीआईबीले छापा मारेर केही कागजात र सामग्री बरामद गरेको एक अनुसन्धान अधिकृतले बताए ।

वाङको डेराबाट प्रहरीले एउटा लकर समेत बरामद गरेको थियो । सीआईबीमा सोमबार लकर फोडेर हेर्दा त्यसमा केही भेटिएन । सुन वा अन्य कुनै बहुमुल्य वस्तु लुकाउन उनले त्यो लकर घरमा राखेको हुनसक्ने अनुमान गरिएको छ ।

तर, सुनबारे छानबिन सुरु भएलगत्तै भागेर चीन पुगिसकेका वाङले त्यसअघि नै सुनलगायतका महत्वपूर्ण सामग्रीहरु लुकाइसकेको हुनसक्ने अनुमान गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले नियमित जाँचका क्रममा २९ माघ २०७९ मा दुई वटा सुटकेशभित्र ७३ बट्टामा रहेको ७३० थान ई–सिगरेट (भेप) बरामद गरेको थियो ।

भेप बरामद गरेर गोदाममा राखिएका बेला तस्कर समूहले छुटाउनका लागि ताकेता गरिरहेका थिए भने भेपभित्र सुन रहेको थाहा पाएपछि भन्सारका अधिकृत रेवन्त खड्कासहितको मिलेमतोमा सुन बिक्री गरिएको थियो । त्यसरी सुन बिक्री गरेको थाहा पाएपछि तत्कालीन प्रमुख भन्सार प्रशासकले अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई जाहेरी दिएका थिए ।

सीआईबीले संगठित अपराधको कसूरमा ६० दिनसम्म अनुसन्धान गरेर पठाएको प्रतिवेदनको आधारमा २७ असार २०७० मा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको थियो । मुद्दा दर्ता भएपछि यो प्रकरणमा माओवादी नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरा पनि जोडिएको खुलेको थियो ।

महराले सुनसहितको भेप छुटाउन दबाब दिएको खुलेको थियो भने उनका छोरा राहुल महराको चिनियाँ नागरिक वाङसँग निकट सम्बन्ध रहेको देखिएको थियो । उनीसँग देखिएको सम्बन्धको आधारमा सीआईबीले १३ भदौमा राहुललाई पक्राउ गरिसकेको छ ।

चौतर्फी दबाबपछि पक्राउ परेका राहुल हाल प्रहरी हिरासतमा छन् ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com