गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • ५५
  • शनिबार, १६ मंसिर २०८०


काभ्रेमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

आज बिहान ६: १० बजे भकुन्डेबेसीबाट काठमाडौं आउँदै गरेको प्र १-०१-००१ च ८५९२ नम्बरको योद्धा गाडीको ठक्करबाट धुलिखेल नगरपालिका-११ पात्लेखोलाकी ५० वर्षीय यमुना प्रसाद धितालको मृत्यु भएको हो।

काभ्रेका प्रहरी प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठका अनुसार पात्लेखोलास्थित सडकमा हिँडिरहेका उनलाई गाडीले ठक्कर दिएको थियो।

गाडीको ठक्करबाट गम्भीर घाइते अवस्थामा धिताललाई उपचारका लागि धुलिखेल अस्पताल पुर्‍याउँदा बिहान ६: ५५ बजे डाक्टरले मृत घोषणा गरेको हो।


डिएसपी श्रेष्ठले गाडी र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।



भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com