बुढानीलकण्ठस्थित नयाँ घरमा सर्दै राजेश हमाल

  • ४४२
  • बुधबार, २७ भाद्र २०८०

राजेश हमाल पहिलोपटक काठमाडौं आउँदा उनका बुवा चुडाबहादुर हमालले उनलाई कपुरधारास्थित घरमा लगे । जहाँ राजेशले दशकौं बिताए । कपुरधाराको त्यो घर राजेशको जीवन र करिअरको उतारचढावको साक्षी समेत हो ।

अहिले भने हमालको कपुरधाराको उक्त घर भत्काइएको छ । त्यो घर भत्काएर हमाल बुढानीलकण्ठको नयाँ घरमा सर्दैछन् । अहिले बुढानीलकण्ठको सिद्धार्थ कोलोनीमा हमालको नयाँ घर निर्माण भइरहेको छ । एक रोपनी क्षेत्रफलमा हमालको नयाँ बंगलाको निर्माण कार्य धमाधम चलिरहेको छ ।

कपुरधाराको घर भत्काइएको र बुढानीलकण्ठमा नयाँ घर बनिरहेकाले हमाल दम्पती कोलोनी नजिकैको एक घरलाई भाडामा लिएर बसिरहेका छन् । चार महिनादेखि हमाल दम्पती भाडाको घरमा बसिरहेका छन् । हमाल दम्पती अबको दाम्पत्य जीवन नयाँ ढंगमा अगाडि बढाउने सोचमा रहेको जनाइएको छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com