इनारमाथि प्रकाश सपुत नाचेको विवादित भिडि‌ओबारे निर्माता कम्पनीले माग्यो माफी

  • २०९
  • बिहीवार, २१ मंसिर २०८०
 
कलाकार प्रकाश सपुत र जुना विश्वकर्माले ुसुटिङु गरेको विवादित भिडिओ क्लिपलाई लिएर निर्माता कम्पनीले माफी मागेको छ।
 
बुधबार विज्ञप्ति जारी गर्दै कमाउने नि हो रमाउने नि हो बोलको गीतको म्युजिक भिडिओको विषयमा शुभारम्भ डिजिटल म्युजिक प्राइभेट लिमिटेडले माफी मागेको हो।
 
गीतको म्युजिक भिडियोको विषयमा विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ता साथै मिडियामा समेत आइरहेको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकार्षण भएको छ, विज्ञप्तिमा भनिएको छ, ुगीतको सुटिङ हुँदाका दृष्यहरू दर्शकहरूले खिचि सामाजिक सञ्जालमा राख्नु भएकोमा सोही विषयलाई लिएर विभिन्न सरोकारवाला र सामाजिक अभियन्ताहरूले चासो व्यक्त गर्नुभएको छ।
 
निर्माता कम्पनीले गीतका नायक प्रकाश सपुतलाई लक्षित गरी गाली गलौज तथा लाञ्छना नलगाउन विज्ञप्तिमार्फत आग्रह समेत गरेको छ। 
 
सामाजिक सञ्जालमा देखाइएको जस्तो दृष्यहरू सार्वजनिक भएको म्युजिक भिडिओमा प्रयोग नभएको कुरा निर्माता कम्पनीले प्रष्ट्याएको छ। 
 
हाम्रो उदेश्य कसैको आस्था, प्रथा, परम्परा र संस्कृतिप्रति अहित हुने कार्य गर्नु होइन, विज्ञप्तिमा भनिएको छ, अञ्जानमा भएको कार्यबाट कसैमा आँच पर्न गएको भएमा हामी क्षमा प्रार्थी छौं।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com