आमसञ्चार विधेयकको विरोधमा आजदेखि कोशी प्रदेश पत्रकार महासंघको आन्दोलन

  • ७२
  • सोमबार, ९ भाद्र २०८२

आमसञ्चार विधेयकको विरोधमा आजदेखि कोशी प्रदेश पत्रकार महासंघको आन्दोलन
विराटनगर । पत्रकार र सञ्चारमाध्यमलाई नियमन गर्न बनेको ‘कोशी प्रदेश आमसञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ को विरोधमा नेपाल पत्रकार महसंघले आन्दोलन घोषणा गरेको छ ।

दण्ड जरिवानाको प्रावधानसहित विधेयक पास गर्ने तयारी भएपछि महासंघ कोशी प्रदेशले आज सोमबारबाट चरणबद्ध आन्दोलन घोषणा गरेको हो ।

संविधानको मर्म र भावनाविपरीत तथा पूर्ण प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने अभिप्रायले विधेयक पास गर्ने तयारी भएपछि आन्दोलन सुरु गरेको महासंघले जनाएको छ ।

२०८१ माघ १८ गते ‘कोशी प्रदेश आमसञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ विधेयमा दर्ता भएको थियो ।

प्रदेशसभामा छलफलका क्रममा १३ वटा संशोधन दर्ता भएपछि छलफलका लागि प्रदेशसभाको न्याय प्रशासन तथा बिधायन समितिमा पठाइएको थियो । मिनी संसदको रुपमा रहेको समितिले कारवाही र जरिवानाको थप प्रावधानहितको प्रतिवेदन शुक्रबारको प्रदेशसभा बैठकमा पेश गरेको छ । प्रदेशसभाको अर्को बैठक भदौ १३ गते बस्दैछ । पत्रकार महसंघ कोशी प्रदेशले भदौ १३ गतेसम्मका लागि चरणवद्ध आन्दोलन घोषणा गरेको हो ।

यस्ता छन् आन्दोलनका कार्यक्रम

भदौ ९ गते (आज) : प्रदेशभरिका पत्रकारहरूले आ–आफ्नो सामाजिक सञ्जालमा प्रदेश सरकार र प्रदेशसभालाई विधेयक सच्याउनको निमित्त खबरदारी गर्दै पोस्ट गर्ने ।

९नाराः ‘कोशी प्रदेश आमसञ्चार विधेयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान, खारेज गर’०

भदौ १० गते : मुख्यमन्त्री, विभागीय मन्त्री तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेता र प्रमुख सचेतकहरूलाई भेटेर विधेयक सच्याउन ध्यानाकर्षण गराउने ।

भदौ ११ गते: प्रदेशभरिका पत्रकारहरूले आ–आफ्नो जिल्लाका प्रदेशसभा सदस्यहरूलाई सन्देश पठाउने ।

भदौ १२ गते : नेपाल पत्रकार महासंघ प्रदेश समितिको तर्फबाट मुख्यमन्त्री कार्यालय र जिल्ला शाखाहरूले जिल्ला प्रशासन कार्यालय अगाडि १ घण्टा धर्ना दिने ।

भदौ १३ गते : दिउँसो १ बजे विराटनगरस्थित देवकोटा चोकमा १ घण्टा धर्ना दिने ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com