बाढी पसेपछि भक्तपुरको प्लानिङ क्षेत्रबाट ५६ जनाको उद्धार, अस्पताल जलमग्न

  • ३००
  • आइतबार, २३ आषाढ २०८१


भक्तपुर। बाढी पसेपछि भक्तपुरको दिव्यश्वरी प्लानिङ क्षेत्रमा फसेका ५६ जनाको उद्धार गरिएको छ । ३० पुरुष, २० महिला र छ बालबालिका गरी ५६ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

वर्षाका कारण मनोहरा खोलामा आएको बाढी बस्तीभित्र पसेपछि दिव्यश्वरी प्लानिङ क्षेत्रमा रहेका १८ टहरामा बसोबास गरिरहेका ५६ जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए ।

भक्तपुरको सिद्धि स्मृति अस्पतालभित्र पानी पसेर अस्पताल जलमग्न हुँदा क्षति पुर्‍याएको छ । अस्पतालको आकस्मिक कक्ष, फार्मेसी, ओपिडी, अल्ट्रासाउण्ड, एक्सरे कक्षमा क्षति पुर्‍याएको र बिरामीलाई माथिल्लो तलामा सारिएको छ ।

त्यसैगरी शान्ति निकेतन माध्यमिक विद्यालय सूर्यविनायक र त्यस आसपासका बस्ती डुबानमा परेका छन् । सूर्यविनायक नगरपालिका‐५ गडगडे खोलामा आएको बाढी बस्तीभित्र पसेपछि झन्डै ५० घर डुबानमा परेको गैरसरकारी संस्था महासङ्घ भक्तपुरकी अध्यक्ष एवम् स्थानीयवासी अनिता पाण्डेले जानकारी दिए ।

हनुमन्ते खोलामा आएको बाढी राममन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनाराका बस्ती, मध्यपुरथिमि क्षेत्रको राधेराधे, सूर्यविनायकको बालकोट, चारदोबाटो, मनोहरा खोला किनारामा रहेको जडीबुटीको सुकुम्बासी बस्तीलगायत क्षेत्र डुबानमा परेको थियो ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com