बागमति प्रदेशका १३ वटै अस्पतालहरुमा चिकित्सक तथा कर्माचारी थप्नेः स्वास्थ्य मन्त्री थापामगर

  • ७९
  • शुक्रबार, २४ साउन २०८२

भक्तपुर । बागमती प्रदेशका नवनियुक्त स्वास्थ्य मन्त्री किरण थापा मगरले प्रदेशका १३ वटै अस्पतालहरुमा थप दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मी थप्ने बताउनुभएको छ । भक्तपुर अस्पतालमा आज भएको एक कार्यक्रममा वागमति प्रदेशका १३ वटै अस्पतालहरुमा विषेशिकृत सेवा र औजार उपकरणहरुको व्यवस्थापन तथा नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याइसकेकाको बताउदै अवको क्याविनेटवाट ओएनएम स्विकृत गरि दरबन्दी थप गर्ने बताउनुभएको हो । दरबन्दी थपले विरामीको चापका कारण हालका कर्माचारीले दोहोरो कामको चाप कम हुने उहाँले बतानुभयो । उहाँले पहिलो कार्यकालमा डिजिटल हेल्थ सेवा, टेलिमेडिसिन सेवा तथा नसर्ने रोकको निशूल्क औषधी उपचार सेवा दिएको बताउदै उहाँले बागमति प्रदेश अस्पतालहरुमा अव भौतिक पुर्वाधार विकासका कार्यक्रम पनि अगाडी बढाउने बताउनुभयो । यस्तै भक्तपुर अस्पतालको नयाँ भवन वनाउनु प्रदेश सरकारले तीन करोड रुपैया विनियोजन गरिसकेको र आगामी बजेटवाट बहुबर्षिय योजना अन्तरर्गत बजेट व्यवस्थापन गर्ने बताउनुभयो । १३ वटै जिल्लाको अस्पताल प्रमुख तथा कर्माचरीले स्वस्थ्य मन्त्रीमै दोहोरिनुपर्ने र पार्टीले पनि दोहोरो जिम्मेवारी दिएकै कारण दोहोरिएर स्वास्थ्य मन्त्रालयलको जिम्मेवारीमा आएको उहाँको भनाई छ । उहाँले रोग लाग्नु भन्दा पनि रोग लाग्नै नदिने गरि काम थालनी गरेको उहाले बताउनुभयो । उहाँका अनुसार बागमति प्रदेशमा ७१ प्रतिशत नसर्ने र २९ प्रतिशत सरुवा रोगकै कारण मृत्यु भइहेको बताउनुभयो । यो बर्ष बागमति प्रदेशका २ वटा अस्पतालहरुवाट भक्तपुर अस्पताल र सिन्धुली अस्पतालवाट नर्सिंग कलेज संचालन गर्ने समेत उहाँले बताउनुभयो । मदनभन्डारी स्वास्थ्य विज्ञाप प्रतिस्थानवाट ४ वटा फ्यकल्तिमा स्नातक तहमा ३ सय ५८ जनाको पढाइ भइरहेको बताउनुभयो । उहाँहरुलाई तलव दिएर दूई बर्ष काम गराउने समेत बताउदै एमडी पढाइ सुरु गर्ने बताउनुभयो । मन्त्रालयलले एकेडेमिक क्षेत्रमा पनि काम गरिरहेको उहाँलको भनाई छ । कार्यक्रममा अस्पतालका निमित्त निदेशक डाक्टर सुरेन्द्र भट्टले स्वस्थ्यमन्त्रीमा पुन किरण थापा मगर दोहोरिनुभएकोमा खुसि व्यक्त गर्न उहाँले नेतृत्वले बागमति प्रदेशभरकै अस्पतालहरुमा थप सुधारका काम हुने विस्वास व्यक्त गर्नुभयो । यस्तै अस्पताल विकास अध्यक्ष शशिजंग थापाले अस्पतालका विकासमा स्वास्थ्य मन्त्री किरणथापा मगर कोसेढुंगा सावित भएको बताउनुभयो । स्वास्थ्य मन्त्रीकै हातवाट यसै बर्ष भक्तपुर अस्पतालको नयाँ भवन शिलान्यास गर्न बताउनुभयो । उहाँले कर्माचारीहरुको मंहगी भत्ता वढाएर पाँच हजार पुर्याउने निर्णय गरेको । अस्थाइ तथा करारका कर्माचारीहरुलाई यसै श्रवन महिना देखि सामाजिक सुरक्षा कोषमा लैजाने व्यवस्था गरेको समेत बताउनुभयो । यस्तै करारका कर्माचारीहरु म्याद ६ महिना थप गरेको समेत उहाले बताउनुभयो । भक्तपुर अस्पतालले नवनियुक्त स्वास्थ्यमन्त्री थापालाई बढाई तथा शुभकामना दिएको थियो ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com