भक्तपुरको सुर्यविनायक नगरपालिकाले गर्यो खानेपानी उद्योगमा अनुगमण

  • २३०
  • मंगलवार, २१ साउन २०८२

भक्तपुर: भक्तपुरको सुर्यविनायक नगरपालिकाले नगरभित्र संचालित पानी उद्योगहरुको अनुगमण तिव्र बनाएको छ । नगरपालिकाका उपप्रमुख एंव अनुगमण समितिका संयोजक सरिता तिम्सिना भट्टराईको नेतृत्व गएको अनुगमत टोलीले बालकोटमा संचालित निर प्योर सोलुशनले संचालन गरेको आक्वा स्वस्तिक र इन्डो नेपाल फुड वेभरेज ईन्डष्ट्रिजले उत्पादन गर्ने अभ्युदय जल नामकपानी उद्योगमा अनुगमण गरेको थियो । अनुगमणका टोलीले आक्वा स्वास्तिक ले उत्पादन गर्ने पानी विक्रि वितरणमा रोक लागाएको छ । अनुगमणका क्रममा पानी प्रसोधन गर्ने समाग्री र पानी ट्यांकी नै फोहर भेटिएपछि उद्योग बन्द गर्न निर्देशन उपप्रमुख भट्टराई बताउनुभयो । अनुगमण टोलीले उक्त उद्योगले उत्पादन गरेको पानीको नमुना परिक्षणकालागि जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरमा पठाएको छ । पानीको नमुना परिक्षणको नतिजा नआएसम्मका लागि विक्रि वितरण गर्न रोकेको उपप्रमुख भट्टराईले बताउनुभयो ।
नगरपालिको भित्र दर्ता गरि संचालित पानी उद्योग ७ वटा मात्रै भएको विना दर्ता पनि उद्योग संचालनमा रहेकाले अनुगमण तिव्र बनाएको उहाँको भनाई थियो । पानी जस्तो सेवा मुलक उद्योगले पनि जनताको स्वास्थ्य संग प्रत्यक्ष असर गर्ने खालको पानी विक्रि वितरण गरेको र ल्याव परिक्षणका क्रममा कैफियत भेटिएका दण्ड जरिवाना गरि कारवाही प्रकृया अगाडी बढाउन उहाँले बताउनुभयो । उक्त उद्योगमाले बेच्ने पानीमा कैफिएत भेटिएको भन्दै नगरपालिका र प्रशासनमा उजुरी परेको थियो । आज नगरपालिकाका उपप्रमुखको नतृत्वमा नगरस्वास्थ्य शाखा, भक्तपुर उद्योग बाणिज्य संग, उपभोक्त हित मंच, जिल्ला प्रशासन कार्यालय पनि अनुगमणमा सहभागि थिए । एक हप्ता अगाडी पनि जिल्ला प्रशासन कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले पनि अनुगमण गरि पानीको नमुना संकलन गरिएको थियो । त्यसको नतिजा पनि आएको छैन ।
यस्तै गत हप्ता मात्रै भक्तपुरको चाँगुनारायण नगरपालिकाले पनि झौखेलमा संचालित पानी उद्योगहरुमा अनुगमण गर्दा दिसामा पाइने जिवानु कोलिफार्म भेटिएपछि उद्योगहरु बन्द गरेको थियो । पछि ल्याव रिर्पोट सधारिएको आएपछि पुन विक्रि वितरण खुल्ला गरिएको थियो ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com