भक्तपुर: भक्तपुरमा संचालित ५ वटा खानेपानी कम्पनी मा कोलिफार्म भेटिएपछि पानी बिक्रि वितरणमा रोक लगाएपछि पानी उद्योगले पानी विक्री गरेको पाइएपछि तालाबन्दी गरेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिकले वडा नं।३ झौखेलमा सञ्चालनमा रहेका पाँच वटा खानेपानी उद्योगलाई बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको थियो । तर विक्रि वितरण नरोकिएपछि नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक रमेश बुढाथोकीको नेतृत्वमा प्रशासन र उपभोक्ता मंच तथा उद्योग बाणिज्य संघले संयुक्त रुपमा अनुगमन गरि उद्योगहरुमा तालाबन्दी गरेको हो । उपप्रमुख एवं अनुगमन समितिका संयोजक बुढाथोकीको अध्यक्षतामा बसेको समितिको बैठकले झौखेलमा सञ्चालनमा रहेका पाँच खानेपानी उत्पादन उद्योग पानी बिक्री वितरण गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । उद्योगीहरुले जनस्वास्थ्यमा गम्भिर असर गर्ने खालको गतिविधि बढाए स्थानीय ऐन अनुसारको कारवाही प्रकृया अगाडी बढाउने समेत उपप्रमुख बुढाथोकीले बताउनुभयो ।
अनुगमन टोलीले एसएन टप वेभरेज प्रालि, भक्तपुर नेचुरल ड्रिङ्किङ्ग वाटर प्रालि, एक्वाराज पानी, ओके मिनरल वाटर प्रालि, झौखेल उच्च वेभरेज प्रालि जय छुमागणेश र कर्णाली मिनरल वाटर प्राली का पानी उद्योगमा स्थलगत अनुगमन गरेको थियो । अनुगमणका क्रममा भक्तपुर नेचुरल वाटर प्राली बाहेकका ५ वटा कम्पनीलाई पानी बिक्री बितरणमा रोक लगाएको हो । ५ वटा कम्पनीले सोमवार भित्र ल्याव टेस्ट रिपोट नगरपालिकामा पेश गरेपछि नगरपालिकले पुन पानी परिक्षण गरेपछिमात्रै बिक्रि खुल्ला गर्न सकिने नगरपालिकाले बताउदै आएको थियो । तर आज विहान देखि नै बन्द उद्योग भित्र वाट पानी विक्रि भएको पाएपछि पुन अुनगमण तिव्र बनाएको हो । यस्तै अनुगमण टोलीले आज झौखेलका पाँच वटा थप उद्योगको अनुगमण गरि पानीको नमुना संकलन गरि नगरपालिकाले परिक्षणकालागि लगिएको छ ।