भक्तपुर । जनस्वास्थ्य कार्यालय भक्तपुरले डेङ्गी महामारी नियन्त्रण गर्न खोज तथा नष्ट अभियान सुरु गरेको छ। भक्तपुरमा यस वर्ष डेङ्गी महामारीको जोखिम बढेको भन्दै आजबाट जनस्वास्थ्य कार्यालय भक्तपुरको टोलीले मध्यपुर ठिमी नगरपालिकाबाट लामखुटेका लार्भा खोज तथा नष्ट अभियान सुरु गरेको हो। लार्भा खोज र नष्ट गर्ने अभियानलाई तीव्र पार्ने जनस्वास्थ्य कार्यालयका प्रमुख अञ्जना खड्काको भनाइ छ।
जनस्वास्थ्य अधिकृतको टोलीले मध्यपुर ठिमी नगरपालिकाको निकोसेरा स्थित विभिन्न कवारी सङ्कलन केन्द्र मोटरसाइकल वर्कशप तथा काठ गोडामहरूमा लामखुट्टेको लार्भाग खोज्ने र नष्ट गर्ने अभियान थालेको जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अञ्जना खड्काले बताउनुभयो। डेङ्गु सार्ने लामखुटेका लार्बाहरूले विशेषगरी पानी जम्ने ठाउँ टायर का भित्री भाग , पानी सङ्कलन गरिरहेका भाँडाहरू, र खाल्डाखुल्लीहरूमा जम्मा भएका लार्भाहरू नष्ट गरिएको हो। प्रत्येक ३ वर्षमा डेङ्गु संक्रमण डर उच्च रुपमा फैलिने भन्दै यो अभियान सुरु गरेको उहाँको भनाइ छ। विशेषगरी भक्तपुर र मध्यपुर ठिमी नगरपालिकामा पुराना तथा घना बस्ती रहेका कारण यस दुईवटा नगरपालिकाभित्र डेङ्गु संक्रमणको जोखिम उच्च रहेको उहाँको भनाइ छ।
भक्तपुरमा हालसम्म ३५ जनामा डेङ्गी संक्रमण पुष्टि भइसकेको छ। अहिले पानी पर्ने सिजन भएका हुनाले लामखुट्टेलाई फुल पार्ने सिजनको रूपमा लिइन्छ।