सूर्यविनायकदेखि साँगासम्मको ६ लेन सडक निर्माणको स्थलगत अनुगमन, तत्काल सुधारका लागि निर्देशन

  • १३९
  • मंगलवार, १७ आषाढ २०८२


भक्तपुर । भक्तपुरका प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डेकोे नेतृत्वमा सूर्यविनायकदेखि साँगासम्मको अरनिको राजमार्ग अन्तर्गत निर्माणाधीन ६ लेन सडकको स्थलगत अनुगमन गरेका छन्। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा निकायका प्रमुखहरू, सूर्यविनायक नगरपालिका र भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू, सम्बन्धित आयोजना प्रमुख, सम्बन्धित वडाका वडा अध्यक्षहरू, नेपाल विद्युत प्राधिकरण, ट्राफिक प्रहरी लगायतको संयुक्त टोलीले सूर्यविनायकदेखि साँगासम्मको अरनिको राजमार्ग अन्तर्गत निर्माणाधीन ६ लेन सडकको स्थलगत अनुगमन गरेका छन्।

अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले मनसुनको मौसमलाई ध्यानमा राख्दै सवारी आवागमन अवरुद्ध नहोस भनेर सडकका खाल्डाखुल्डी तत्काल पुर्न निर्देशन दिनुभएको छ। साथै, सडक निर्माणमा देखिएका विभिन्न अवरोधहरू हटाई निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाउन सम्बन्धित आयोजना र निर्माण व्यवसायीहरूलाई आवश्यक निर्देशन दिइएको छ।

त्यसैगरी, सडक क्षेत्रमा अझै पनि स्थानान्तरण गर्न बाँकी रहेका विद्युतका पोलहरूका कारण निर्माणमा ढिलाइ भईरहेको देखिएको हुँदा नेपाल विद्युत प्राधिकरणलाई तत्काल समन्वय गरी ती पोलहरू हटाउन प्रमुख जिल्ला अधिकारी पाण्डेले स्पष्ट निर्देशन दिनुभएको छ।

स्थलगत अनुगमनपछि सहभागी सबै निकायहरूलाई समन्वयात्मक रूपमा काम गरी छिटोभन्दा छिटो सडक निर्माण सम्पन्न गर्नका लागि जोड दिइएको थियो। अनुगमन टोलीको यस्तो सक्रियता सडक निर्माणको गति बढाउनेतर्फ सकारात्मक संकेतको रूपमा लिइएको छ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com