कतार गए परराष्ट्रमन्त्री साउद, विपिन जोशीलाई बन्धकमुक्त गर्न पहल गर्ने

  • २४३
  • शनिबार, २३ मंसिर २०८०


परराष्ट्रमन्त्री एनपी साउद कतार गएका छन्।

दोह २१ औं सम्मेलनमा भाग लिन मन्त्री साउद आज बिहान पौने ८ बजे कतार एयरलाइन्सको उडानबाट त्यसतर्फ प्रस्थान गरेको मन्त्री साउदका स्वकीय सचिव दिपक जोशीले जानकारी दिए।

परराष्ट्रमन्त्री साउद शनिबार बिहान ७स्४५ बजे कतार एयरलाइन्सको विमानबाट दोहा गएका हुन्।

परराष्ट्रमन्त्री साउद आइतबारदेखि कतारमा सुरु हुने दोहा २१ औँ फोरममा सहभागी हुनेछन्। त्यहाँ हुने उच्चस्तरीय भेटमा हमासको बन्धकमा रहेका विपिन जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाउने मन्त्री साउदको सचिवालयले जनाएको छ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com