भक्तपुरको ङातापोल्ँह मन्दिर ३२३ वर्षमा प्रवेश

  • ६४
  • बिहीवार, १२ आषाढ २०८२

विश्व सम्पदा स्मारक भक्तपुरको ङातापोल्ँह अर्थात पाँचतले मन्दिरको निर्माण गरेको ३२३ वर्षको अवसरमा विहिबार पतचाः(झण्डा) फहराएर बुसादाँ पर्व मनाएको छ । प्रत्येक वर्ष असार शुक्लपक्ष प्रतिपदाको दिन विधिपुर्वक ङातापोल्ँहको गजुरमा पतचा अर्थात झन्डोटोलन गरि बुसादाँ पर्व मनाइने परम्परा रहेको छ ।
बुसादाँ गर्नु अगाडि मन्दिर भित्र पतचाःलाई राखेर आचाजु, जोशी, राजोपाध्य र ताल्चाभडेल पुजारीहरुले विधिवत रुपमा पुजा गरिन्छ ।
मन्दिरमा पतचाः फहराउन भक्तपुुरको तुछिमला टोलका अवालहरुले पाचतल्ले मन्दिरको गजुरमा पुगेर झन्डोटोलन गरिएको हो । मन्दिर माथि प्रवेश गर्न अवालहरु वाहेक अरुलाई मन्दिर चड्न नदिने परम्परा छ ।
नेपाल सम्वत ८२२ मा राजा भुपतेन्द्र मल्लले असार शुक्लपक्ष प्रतिपदाको दिन पहिलो वर्षको बुसादाँ पुजा सुरु गरी पतचाः फहराइएको इतिहासमा उल्लेख छ ।
यस अवसरमा मन्दिरभित्र रहेको सिद्धिलक्ष्मी देवीको पूजाआजा गरिएको थियो।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com