प्रहरीले कोठैमा आएर समातेपछि झण्डै फेन्ट भइन् टिकटकर रमा, हिरासतमा रोएको रोएै

  • १९८
  • मंगलवार, ३ आषाढ २०८२


काठमाडौं । टिकटकर रमा बस्नेतलाई पक्राउ पर्दैछु भन्ने कुनै पनि भेउ थिएन । हिजो अचानक साइबर ब्यूरोका प्रहरी कोठैमा आएपछि उनी आत्तिइन् ।


कुनै पनि राजनीतिक पार्टीमा आवद्ध नरहेकी रमा केही समयदेखि रास्वपाको समर्थन र सरकारको विरोधमा टिकटकमा बोल्ने गर्थिन् । उनका कतिपय अभिव्यक्तिहरु उग्र पनि सुनिन्थे । फलोअर्स बढाउनका लागि गरेको यो कार्यले हिरासत पुर्याउला भन्ने रमालाई हेक्कै थिएन ।

भक्तपुरमा रहेको कोठामा एक्लै बस्दै आएकी छिन् रमा । उनका बुवाआमा खोटाङमा बस्छन् । उनी एउटा निजी कम्पनीमा सामान्य जागीर पनि खान्छिन् । अहिले बुवा बिरामी भएर अस्पतालमा छन् । यही बेला आफू पक्राउ परेपछि रमालाई बेचैनी भएको छ ।


प्रहरी स्रोतका अनुसार पक्राउ गरेर लगिँदा उनी पूरै नर्भस भएकी थिइन् । हिरासतमा पुर्याउँसम्म उनको स्थिति खराब भइसकेको थियो ।

‘उहाँ अर्धमुर्छित जस्तै हुनुभयो र वान्ता पनि गर्नुभयो, त्यसपछि हामीले राति नै अस्पताल लग्यौं,’ दरवारमार्ग वृत्तका एक प्रहरीले भने ।

रमालाई राति वीर अस्पताल पुर्याइएको थियो । त्यहाँ सामान्य उपचारपछि उनलाई फेरि हिरासत फर्काइयो । हिरासतमा उनी अनवरत रोइरहेकी थिइन् । आज भने उनको अवस्थामा केही सुधार भएको छ ।

आफूलाई कसले उजुरी दिएको हो भन्ने पत्तो पाएकी छैनन् रमाले । बरु कति दिन हिरासत बस्नुपर्छ भन्ने भयले उनलाई सताइरहेको छ । हिजो प्रहरीले तीन दिन म्याद थप गरेको थियो । बुवाको स्वास्थ्य र आफ्नो हिरासत यात्राले उनी आत्तिएकी छन् ।

काठमाडौंमा रमाका परिवार र आफन्तहरु खासै कोही नभएको उनकी एक साथीले जानकारी दिइन् । उनलाई अहिलेसम्म कसैले फेर्ने कपडा पनि लगिदिएको छैन ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com