इरानको सरकारी टेलिभिजन स्टुडियोमै इजरायली आक्रमण, लाइभ न्युजमै यसरी भयो हमला

  • १६०
  • मंगलवार, ३ आषाढ २०८२


काठमाडौं । इरानको सरकारी टेलिभिजन स्टुडियोमै इजरायलले आक्रमण गरेको छ । इजरायलले तेहरानस्थित इरानी सरकारी टेलिभिजन, इस्लामिक रिपब्लिक अफ इरान ब्रॉडकास्टिङ (आइआरआइबी)मा हवाई आक्रमण गरेको हो ।


लाइभ न्युज भइरहेको बेला उक्त आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ । स्टुडियोमा प्रत्यक्ष प्रसारणको क्रममा धूलो र मलबा खस्दा न्युज एंकरलाई भने केही भएन । आक्रमणपछि मुख्यालयमा क्षति भएको आइआरआइबीले बताएको छ ।

आक्रमणपछि केही समयको लागि प्रसारण बन्द भएको थियो । तर च्यानलले पुनः प्रसारण सुरु गर्दै आफ्नो कार्यक्रमहरू बिना कुनै कठिनाइका साथ प्रसारण भइरहेको दाबी गरेको छ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com