इजरायल र इरानबीचको घातक द्वन्द्व पाँचौँ दिनमा, एक अर्काविरूद्ध आक्रमण जारी

  • १४२
  • मंगलवार, ३ आषाढ २०८२


काठमाडौं । इरान र इजरायलबीच पाँचौँ दिन पनि घातक द्वन्द्व जारी छ । दुवै मुलुकले एक(अर्काविरूद्धको आक्रमणलाई झन् तीब्र पारेका छन् ।

हालसम्म इरानमा दुई सय २४ र इजरायलमा २४ जनाको मृत्यु भएको छ । तेहरानमा इजरायलले आक्रमण जारी राखेको छ । सोमबार इरानको सरकारी टेलिभिजन इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङको भवनमा समेत आक्रमण भएको छ ।

सरकारी स्वामित्वको प्रसारण सेवा केहीबेर अवरूद्ध भएर पुनस् सञ्चालनमा आएको थियो । इजरायली सेनाले तेहरानको ुउत्तरी डिस्ट्रिक्ट थ्रीुको एक क्षेत्रबाट निस्किन स्थानीयलाई निर्देशन जारी गरेको छ । अहिले तेहरानका सडकहरूमा ट्राफिक जाम रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले पनि तेहरान छाड्न आग्रह गर्नुभएको छ । ट्रम्पले इरान अब आणविक सम्झौतामा आउनेमा विश्वास व्यक्त गर्नुभएको छ ।

ह्वाइट हाउसकाअनुसार ट्रम्पले क्यानडा भ्रमण छोट्याएको बताइएको छ । ट्रम्पले मंगलबार जी सेभेनको साइडलाइनमा युक्रेनी र मेक्सिकन राष्ट्रपतिसँग तय भएका बैठकसमेत रद्द गर्नसक्ने सम्भावना रहेको ह्वाइट हाउसले जनाएको छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com