भक्तपुरको ” सिं कमी छेँ” ले पायो प्रतिष्ठित सन् २०२३ को युनेस्को एसिया-प्यासिफिक अवार्ड

  • ९३८
  • शनिबार, ७ पौष २०८०

 

सांस्कृतिक सम्पदा संरक्षणका लागि बनाइएको भक्तपुरको ” सिं कमी छेँ” लाई प्रतिष्ठित सन् २०२३ को युनेस्को एसिया(प्यासिफिक अवार्ड अन्तर्गत दिगो विकासका लागि विशेष मान्यताले सम्मान गरेको छ।

विश्व सम्पदामा सूचिकृत सहर भक्तपुरको मुटुमा अग्लो उभिएको ” सिं कमी छेँ” लचिलोपन र सांस्कृतिक प्रामाणिकताको प्रमाण हो। विसं २०७२ सालको विनाशकारी भूकम्पपछि परम्परागत इँटा र काठ, प्रविधिहरू प्रयोग गरेर, आधुनिक शिल्पकलासँग युगौं पुरानो कलालाई निर्बाध रूपमा प्रयोग गर्दै २०० वर्ष पुरानो घर सिकमी छेंलाई पुनर्निर्माण गरेको हो।

घरले सुरक्षा मापदण्डहरू मात्र पूरा गर्दैन तर भक्तपुरको ऐतिहासिकता र संस्कृतिलाई जोगाएर भूकम्पीय सुरक्षालाई पनि ध्यानमा राखेर बनाइएको यो घर एउटा ज्वलन्त उदाहरण रहेको छ।

 

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com