भक्तपुरबाट मोवाईल चोरी गर्ने एक समुह पक्राउ

  • २६८
  • बिहीवार, २७ मंसिर २०७५


भक्तपुर ।भक्तपुर प्रहरीले मोबाईल चोरी गर्ने एक समुहलाई पक्राउ गरेको छ ।

भक्तपुर नगरपालिका ९ च्यामाहसिंह बस्ने धनलाल घिसिङको कोठामा माधव थोकरले चार्जमा राखेको सामसुङ जे ७ प्राईम मोवाईल हराएको निबेदनका आधारमा खोजी गर्दा चोरीका मोवाईल सहित एक समुह पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मोरङ रतमाई नगरपालिका वडा नं. ५ घर भई हाल भक्तपुर नगरपालिका ८ जगातीमा मोवाईल पसल सञ्चालन गर्ने ३० बर्षीय प्रेम कुमार श्रेष्ठ, काभ्रे पनौती नगरपालिका ७ का १९ वर्षीय सुवेस धुसा, मोरङ भोगटेनी गाउँपालिका ८ फडानीका १८ वर्षीय पुर्ण बहादुर गदाल र भक्तपुर सुर्यबिनायक ७ का २५ वर्षीय सुसन नागालाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले मोवाईल सहित पक्राउ गरेको हो ।

थोकरको मोवाइल श्रेष्‍ठले सञ्चालक गरेको मोवाईल पसलमा भेटिएपछि प्रहरीले थप अनुसन्धान गर्दा सो पसलबाट अन्य संकास्पद १४ थान मोवाईल र २ थान ट्याबलेट समेत बरामद गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक रेवति रमण पोखरेलले जानकारी दिए ।

उनीहरुलाई जिल्ला अदालत भक्तपुरमा पेश गरी चोरी मुद्दामा म्याद थप भई थप अनुसन्धान कार्य भईरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.