मध्यपुर थिमि नगरपालिका वडा लिग फुटवल हुने

  • ३७५
  • बुधबार, १७ माघ २०८०


 मध्यपुर युथ एसोसिएसन मध्यपुर थिमि नगरपालिका वडा नं २ भक्तपुरको आयोजनामा दोश्रो मध्यपुर थिमि नगरपालिका वडा लिग फुटवल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता माघ २९ गतेदेखि २४ गतेसम्म प्रतियोगिता हुने छ ।
एसोसिएसनले मंगलबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको हो । एसोसिएसनका अध्यक्ष उपेन्द्रमान सिंहले प्रतियोगितामा मध्यपुर थिमि नगरपालिकाभित्र रहेका नौ वटा वडाहरुले सहभागिता जनाउने जनाए । प्रतियोगिता राउण्ड राउण्ड रोविनको आधारमा खेलाइने जानकारी उनले दिए ।
सम्मेलनमा एसोसिएसनका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक अष्ट कवेंले प्रतियोगितामा प्रतिस्पर्धी सवै टिमले आठ खेल खेल्नुपर्ने जनाए । साथै उनले प्रतियोगितामा ३६ वटा म्याचहरु रहने जनाए ।
प्रतियोगितामा प्रथम हुने टिमले दुई लाख ५० हजार, दोश्रोले एक लाख २५ हजार र तेश्रोले ६० हजार नगद पुरस्कार प्राप्त गर्ने जनाइयो । साथै प्रत्येक खेलको म्यान अफ दी म्याच खेलाडीले टफी प्राप्त गर्ने र उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले नगद रु १० दस हजार प्राप्त गर्ने जनाइयो । साथै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले नगद रु २० हजार, र प्रतियोगिताभरको अनुशाशित टिमलाई फेयर प्ले टिम घोषणा गरी नगद रु २५ हजार प्रदान गरिने जनाइयो ।
पत्रकार सम्मेलनको क्रममा मध्यपुर थिमि नगरपालिका र एसोसिएसनवीच सम्झौतामा हस्ताक्षर भएको छ । प्रतियोगिताका लागि नगरपालिकाबाट २५ लाख प्रदान गर्ने सम्झौता भएको हो । सम्झौतामा मेयर सुरेन्द्र श्रेष्ठ र एसोसिएसनका अध्यक्ष उपेन्द्रमान सिंहले हस्ताक्षर गरेका थिए । यस अवसरमा हस्ताक्षर कपी आदानप्रदान पनि गरिएको थियो ।
पहिलो पटक २०७९ मा पनि यस्तै प्रतियोगिता भएको थियो । त्यसका लागि नगरपालिकाले २० लाख पैसा दिएको थियो । यो वर्षको प्रतियोगिताका लागि कुल २८ लाख २४ हजार खर्च हुने अनुमान गरिएको छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com