दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपाललाई २९ स्वर्ण

  • ३४०
  • सोमबार, १८ मंसिर २०८०


काठमाडौं । सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा सर्वाधिक २९ स्वर्ण पदक जित्दै नेपाल शीर्ष स्थानमा रह्यो । नेपालले थप २६ रजत र ६ कांस्य पनि जित्यो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्ड हलमा भएको प्रतियोगितामा भारत २५ स्वर्ण, २२ रजत र १७ कांस्यका साथ दोस्रो भयो । नेपाल कराते महासंघद्वारा आयोजित प्रतियोगितामा तेस्रो स्थानको बंगलादेशले ६ स्वर्ण, ७ रजत र १४ कांस्य हात पार्यो ।

 


त्यस्तै ४ स्वर्ण, १ रजत र १९ कांस्यका साथ पाकिस्तान चौथो, २ स्वर्ण, ८ रजत र २९ कांस्यसाथ श्रीलंका (एनओसी)टिम पाँचौं तथा २ कांस्य साथ भुटान छैटौं भए ।

विजेतालाई राखेपका सदस्यसचिव टंकलाल घिसिङ, खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारी, नेपाल कराते महासंघका अध्यक्ष एवं राखेपका पूर्व सदस्यसचिव युवराज लामा, कराते महासंघका महासविच दावा गुरुङ लगायतले आइतबार एक कार्यक्रमबीच पुरस्कृत गरे ।

 

दुईदिने प्रतियोगितामा नेपालसहित, भारत, बंगलादेश, श्रीलंका (एनओसी टिम), भुटान र पाकिस्तान गरी ६ राष्ट्रका १०३ महिला र १३४ पुरुष गरी २३७ खेलाडी सहभागी थिए ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com