जनकपुरबाट अयोध्या जाने भनिएको रेललाई भारतले अनुमति दिएन

  • २७१
  • आइतबार, ७ माघ २०८०


जनकपुरधाम । भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरबाट जाने भनिएको विशेष रेल सेवा रद्द भएको छ । सुरक्षाको कारण देखाउँदै भारतले अनुमति नदिएपछि जनकपुरबाट जाने भनिएको रेल यात्रा रद्द भएको हो ।

शनिबार बिहान नेपाल रेल्वे कम्पनीका प्रबन्धक निरञ्जन झाले सम्बन्धित निकायबाट स्वीकृति लिएर प्राण प्रतिष्ठामा जनकपुरबाट भारतीय २० बोगीको रेल जाने व्यवस्था मिलाएको जानकारी दिएका थिए । उनका अनुसार शनिबार अपराह ४ बजेदेखि टिकट बुकिङ खुला गरिएको थियो । उक्त रेल आज (आइतबार) बिहान ६ बजे अयोध्या प्रस्थान गर्ने कार्यक्रम थियो ।

तर शनिबार साँझ रेल्वे कम्पनीले भारत सरकारले अनुमति नदिएकाले विशेष रेल सेवा रद्द भएको जानकारी गराएको छ । जनकपुर रेलवेका प्रमुख प्रशासन सहायक रञ्जित ठाकुरले भारतले अनुमति नदिँदा अयोध्या जाने रेल सेवा रद्द गरिएको बताए ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com