भक्तपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा वसन्त भट्टराई

  • १२९
  • मंगलवार, १९ मंसिर २०८०
 
 
भक्तपुर : भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सोलुखुम्बुबाट भक्तपुरमा सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराइलाई सोमबार स्वागत गरेका छन ।
प्रमुख प्रशासकीय अधिकृत शर्माको स्वागतमा आयोजित परिचयात्मक कार्यक्रममा नगर प्रमुख प्रजापतिले प्रप्रअ भट्टराईलाई सिंगो नपा र नगरबासीहरूको को तर्फबाट स्वागत गर्दै भक्तपुरको विकासको सन्दर्भमा भक्तपुर नपाले अरुको भन्दा फरक शैली अपनाएकै कारण भक्तपुर आज देशकै लागि नमुना नगर बन्न सम्भव भएको बताए ।
भक्तपुरमा देश विदेशका विशिष्ट व्यक्तिहरूको अध्ययन भ्रमण र अनुभव आदानप्रदानको सिलसिला अत्यन्त स्वागतयोग्य भएको बताउँदै उहाँले देशकै सानो नगरपालिका भएर पनि भक्तपुर नपाले देशलाई सकारात्मक सन्देश दिने महत्वपूर्ण नगरपालिकाको रुपमा आफ्नो परिचय स्थापित गरिरहेको बताए ।
भक्तपुरलाई सँधै उत्कृष्ट नै बनाउने उद्देश्यले जनप्रतिनिधि र कर्मचारीहरूले काम गर्दै आएको बताउँदै उनले भक्तपुरलाई अझ उचाइमा पु¥याउन नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृतले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे
उपप्रमुख रजनी जोशीले जनतालाई सरल र सहज ढंगले सेवा प्रवाह गर्ने नगरपालिकाको उद्देश्य भएको बताउँदै नगरपालिकाको उद्देश्यअनुरुप कार्यसम्पादनमा साथ र सहयोग प्राप्त हुने आशा व्यक्त गरे ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराइले भक्तपुर गौरवपूर्ण इतिहास बोकेको ठाउँ भएकै कारण आफ्नो कार्यक्षेत्रको रुपमा पाउँदा ज्यादै हर्षित भएको बताए ।
सुशासन, आर्थिक पारदर्शिता र नागरिक सेवामा भक्तपुर अगाडि बढेको नपा भएको बताउँदै उहाँले भक्तपुरको मान मर्यादालाई अझ उँचो रहने गरी काम गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, नेपाल नगरपालिका कर्मचारी एसोसिएसन भक्तपुर नगरपालिका समितिका अध्यक्ष गौतमप्रसाद लासिवाले पनि बोलेका थिए ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com