जसपाको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण आजदेखि सुरु

  • २२५
  • मंगलवार, १९ मंसिर २०८०


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण आजदेखि सुरु हुँदै छ । रुपन्देहीमा आजदेखि सुरु हुन लागेको तीन दिवसीय प्रशिक्षणमा पार्टीका शीर्ष नेतादेखि अन्य विषय विज्ञहरुलाई प्रशिक्षकको रुपमा राखिएको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् संगठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठ, केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङ, कार्यकारिणी सदस्य एवम् लुम्बिनी प्रदेश समिति इन्चार्ज राजकिशोर यादव, विज्ञ परिषद्का प्रमुख डा। पुष्पराज राजकर्णिकार, पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापा, संघीयताका जानकार कृष्ण हाछेथुलगायतले प्रशिक्षण दिने छन् ।

लुम्बिनी प्रदेशअन्तर्गतका कार्यकारिणी समिति सदस्य, प्रदेश समिति, राष्ट्रिय समिति, जिल्ला समिति, भ्रातृसंगठनका प्रनिनिधि गरी १२५ जना प्रशिक्षणमा सहभागी हुने जसपाले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com