सुदूरपश्चिमबाट कर्णाली पस्दै एमालेको मध्य पहाडी सङ्कल्प यात्रा

  • १२३
  • आइतबार, १७ मंसिर २०८०


दैलेख । दैलेखको आठबीस नगरपालिका राकम कर्णालीमा नेकपा ९एमाले० को समृद्धिका लागि सङ्कल्प यात्रा अन्तर्गत जनसभा गर्दै छ । सभालाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् ।

मंसिर १४ गते बैतडीको झुलाघाटदेखि शुरु भएको ‘झुलाघाट-चिवाभञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा’ चौथो दिन अभियान कर्णाली प्रवेशद्वारका रूपमा रहेको राकम कर्णालीमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

‘झुलाघाट-चिवाभञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा’ का सिलसिलामा पार्टीका अध्यक्ष ओलीसहित सिङ्गो हेडक्वार्टर नै आउने भएपछि एमाले कर्णालीका नेता कार्यकर्ताहरूले निर्माण गरेका स्वागतद्वार, तोरण र झण्डाले राकम कर्णाली रंगिएको छ ।

‘सुदूरपश्चिम प्रदेशको अछामसँग सीमा जोडिएको राकम कर्णालीमा झण्डा, ब्यानर र स्वागतद्वारले रङ्गिएको छ’, आठविस नगरपालिका-५ दैलेखका पदम माझीले भने, ‘कार्यक्रम हुने प्रचार भएदेखि व्यापारिक रूपमा समेत सामान्य राकममा चहलपहल ह्वात्तै बढेको छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सम्बोधन गर्नै उक्त कार्यक्रमलाई सम्बोधन गर्ने तय भएको छ । कार्यक्रममा सहभागि हुन कर्णालीको कालिकोट, दैलेख जुम्ला, सुर्खेत र सुदूरपश्चिमको अछाम, बाजुराबाट नेता कार्यकर्ताहरु त्यहाँ पुगेको एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष गुलावजंग शाहले जानकारी दिए ।

कार्यक्रममा देउडा खेल, हुड्के नाच र विभिन्न साँस्कृती झाँकीहरुको प्रस्तुती राखिएको छ । आमसभाको तयारीका लागि एमाले सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य तथा दैलेख जिल्ला इन्चार्ज यामलाल कँडेल, प्रदेश कमिटी अध्यक्ष गुलावजंग शाह, पोलिटव्युरो सदस्य, केन्द्रीय सदस्य, प्रतिनिधिसभा र प्रदेशसभाका सांसद, पार्टीका प्रदेश कमिटी, जिल्ला कमिटीका पदाधिकारी र सदस्य, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू राकम कर्णालीमा केन्द्रित भएका छन् ।

नेपाल प्रेस

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com