जर्मनीले पहिलो पटक जित्यो फिफा यू-१७ विश्वकपको उपाधि

  • १७९
  • आइतबार, १७ मंसिर २०८०

जकार्ता । फिफा यू-१७ विश्वकपको उपाधि जर्मनीले जितेको छ । इन्डोनेसियामा सम्पन्न फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४ - ३ गोलले पराजित गर्दै जर्मनी पहिलो पटक च्याम्पियन बनेको हो ।

रोमाञ्चक र प्रतिस्पर्धात्मक फाइनलको निर्धारित समयको खेल २- २ गोलको बराबरीमा सकिएको थियो । २९ औं मिनेटमा पेरिस ब्रुनेरले पेनाल्टीमा गोल गर्दै जर्मनीलाइ अग्रता दिलाएका थिए । ५१ औं मिनेटमा नोहा डार्भिचले अग्रता दोब्बर बनाए ।

तर फ्रान्सले उत्कृष्ट पुनरागमन गर्दै खेल बराबरी गर्‍यो । ५३ औं मिनेटमा सोइमोनको गोलमार्फत फ्रान्स खेलमा फर्किएको थियो । ८५ औं मिनेटमा माथिस एमोगोउले गोल गरेपछि खेल २ - २ को रोमाञ्चक मोडमा पुगेका थियो । त्यसपछि दुवै टिमले गोल गर्न नसक्दा खेल पेनाल्टीमा धकेलियो । जसमा जर्मनीले बाजी मार्‍यो । फ्रान्सका तीन खेलाडी पेनाल्टीमा चुकेका थिए ।

जर्मनीका पेरिसले गोल्डन बल जित्दा उपविजेता टिमका पल आर्गेनीले गोल्डेन ग्लोब्स हात पारे । गोल्डेन बुट भने अर्जेन्टिनाका अगस्टिन रोबर्टोले हात पारे ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com