काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज उच्च अदालत पाटनबाट आदेश आउने सम्भावना रहेको छ । काठमाडौं जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ सकिएकाले आज आदेश आउने सम्भावना रहेको हो ।
उच्च अदालत पाटनमा गत हप्तादेखि न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा भएको सुनुवाइमा बिहीबार सबै पक्षको बहस सकिएको हो ।