२६ भदौ । जाकर्तामा भएको आसियान-इन्डिया सम्मेलन र र जी -२० सम्मेलनमा व्यस्त हुनुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना मन्त्रिपरिषद्का सदस्यलाई निर्देशन दिएका थिए, ‘भारतको नाम परिवर्तनबारेका कुनैपनि बहसबाट जोगिनू ।’
मोदी आफैंले भने अन्तर्राष्ट्रिय मञ्च तथा घरेलु कार्यक्रममा भारत शब्दको प्रयोगलाई बढावा दिइरहेका छन् । आसियान-इन्डिया सम्मेलनलाई उनले आसियान भारत सम्मेलन भने । जी-२० मा राष्ट्रपति द्रौपदी मुर्मुका लागि भारतको राष्ट्रपति भन्ने शब्द प्रयोग भयो । यसको प्रयोगबारे उनले भन्ने गरेका छन्, ‘भारतले बाहेक अन्य नामले हाम्रो इतिहास भूगोल र एशियालाई सायदै अरुले जोड्नेछ।’