भियतनामबाट अमेरिकी सेना फर्किएको पाँच दशकबीच दुई मुलुकबीच विशेष सम्झौता भएको छ । इतिहासमा कट्टर दुस्मनी साँधेका दुई मुलुक वर्तमानमा दोस्तीतर्फ अघि बढेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले भियतनाम पुगेर सम्झौता गरेसँगै दुइ मुलुक निकै निकट हुने क्रममा छन् ।
बाइडेनको भियतनाम भ्रमण र त्यहाँ उनले गरेको सम्झौतालाई चिनियाँ प्रभाव कम गर्ने प्रयत्नका रुपमा समेत लिइएको थियो । त्यस टिप्पणी तथा चर्चालाई नकार्दै बाइडेनले भनेका छन्-”यो सम्झौता चीनको अन्तर्राष्ट्रिय प्रभावलाई कम गर्नका लागि भएको चर्चा म स्वीकार गर्दिंन ।’