भक्तपुर । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ भक्तपुर जिल्ला समितीको तेस्रो अधिवेशनवाट रामकाजी भुजुको संयोगकत्वमा १० सदस्यीय कार्यसमिती पनि निविरोध रुपमा चयन गरिएको छ । आज सम्पन्न तेस्रो अधिबेशनवाट सचिवमा लक्ष्मी प्रसाद गोरा, कोषाध्यक्षमा बाबुकाजी छुंजु चयन भएका हुन । यस्तै सदस्यहरुमा ज्ञानेन्द्र महर्जन, जगदिशमान श्रेष्ठ, युवराज घतानी, तुलसीमान श्रेष्ठ, सत्यनारायण सुवाल, निरन थापा क्षेत्री, चन्द्र कृष्ण ग्वाछा निर्विरोग चयन भएका हुन ।
आज भएको कार्यक्रममा यातायात व्यवसायीहरुले यातायाता प्राधिकरण गठन गरि यातायातामा विद्यमान समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका छन ।
यातायात व्यवसायीहरुले १५ बर्ष अगाडी नै प्राधिकरण बनाउन पर्ने माग गरेपनि सरकारले नसुनेको आरोप लगाएका छन । यातायात प्राधिकरण गठन भएमा सरकार, निजि क्षेत्रका यातायात व्यवसायी र यातायात मजदुर संगठन अत्ने र यातायात सम्वन्धी ऐन नियमहरु संशोधन गर्न सरकारलाई आग्रह गरिएको नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष विजय बहादुर स्वार बताउनुभयो ।
सरकारले बल्ल उपत्यका यातायात प्राधिकरणको गठन प्रकृया थालेपनि बागमति प्रदेश सरकारले केन्द्रीय सरकार विच काठमाडौ उपत्यकाको विषयमा विवाद हुदा उपत्यका प्राधिकरणको प्रकृया पनि अगाडी बढन नसकिएको अध्यक्ष स्वार बताउनुभयो । दुर्घटना विमालाई तीन लाख वाट वढाएर पाँच लाख पुर्याउनुपर्ने र दुघटनामा मृत्यु भएका परिवारलाई पाँच लाख वाटसात लाख रुपैया पुर्याएर क्षतिपुर्ति रकम परिवारलाई दिन सरकारलाई सुझाव दिएको उहाँलको भनाई थियो । तर सरकारले १५ लाख पुर्याउन पर्ने बताउदै आएको उहाँले बताउनुभयो । निम्न, मध्यम बर्गिय यातायात व्यवसायीहरुले गरेको लगानीको सुरक्षा सरकारले गर्न नसकेको भन्दै उहाँले व्यसायीहरुले नै लगानी सुरक्षा गरिरहेपनि सरकारले यातायातमा सिन्डिकेट लगायो भनेर आरोप लगाउने गरेको प्रति आपत्ति जनाउनुभयो । क्षेत्र अनुसारको जनसंख्याको अधारमा बैज्ञानिक तरिकाले रुट परमित नदिइ सरकारले मनलाग्दी तरिकाले रुत परमित दिदाँ ग्रामिन क्षेत्रमा यातायातका साधनले सेवा दिन नसकिएको उहाँको भनाई थियो । नेपालका यातायात कार्यलय सवै भ्रष्ट भएको आरोप लगाउदै उहाँले पैसा नदिएसम्म कुनै काम पनि कार्यालयवाट हुन नसकिएको आरोप समेत लगाउनुभयो । यस्तै नेपाल यातायात व्यवसायी महासंघका सल्लाहाकार योगेन्द्र नाथ कर्माचार्यले सरकारले देश भरि सार्वजनिक यातायात संचालन गर्न नसक्दा निजि यातायात व्यवसायीहरुले संगठन बनाएर देश भरी सार्वजनिक यातायात सेवा दिइरहेको बताउनुभयो । तर पनि सरकार र पत्रकारले व्यवसायीहरुले यातायात क्षेत्रमा सिन्डिकेट गरिरहेको भन्दै हत्तोसाहित हुने गरि आरोप लगाउदै आएको बताउनुभयो । उहाँले व्यवसायीहरुरुले घाटा खाएर भएपनि ग्रामिण क्षेत्रमा यातायात सेवा दिइदै आएको बताउनुभयो ।