भक्तपुर । इँटाभट्टामा अभिभावकसँगै बसेर सामुदायिक विद्यालयबाट परीक्षा दिई एसइईमा ४ जिपिए ल्याएकी गोमा श्रेष्ठलाई भक्तपुर क्षेत्र नं २ का सांसद दुर्लभ थापाले पूर्ण छात्रवृत्तिमा कक्षा ११ र १२ पढाउने घोषणा गरेका छन् । बारेमा समाचार प्रकाशित भएपछि सांसद थापाले चासो व्यक्त गर्दै उनलाई छात्रवृत्ति दिने घोषणा गरेका हुन् । सांसद थापाले भने, “गोमाले चाहेको अवस्थामा उनलाई कक्षा ११ र १२ मा विद्यालयको शुल्क मात्र होइन पोसाक र किताबसमेत निःशुल्क दिने घोषणा गर्दछु ।” सांसद थापाले आफनो सचिवालयमा गोमालाई भेटेर बधाई दिदै कक्षा ११ र १२ नासा कलेजमा पुर्ण छात्रबृतिमा पढाउने बताउनुभयो । उहाँले आवश्यक शैक्षिक समाग्री तथा डे्रसहरु समेत दिने बताउनुभयो ।
यस्तै चाँगुनारायण नगरपालिकाका प्रमुख जिवन खत्रीले गोमालाई एमविविएस पढ्न सहयोग गर्ने बाताउनुभयो । नगरप्रमुख गोमाको घरमै पुगेर उनको परिवारलाई हौसला दिनै आर्थिक अभावकै कारण गोमाको लक्ष्य नरोकिने प्रतिवद्धता जनाउनुभयो । रामेछापको खनियापानी स्थायी घरभएकी गोमा चार वर्षको उमेरदेखि भक्तपुरको इँटाभट्टामा अभिभावकसँग बसेर चाँगुनारायण नगरपालिका–८ सुडालस्थित महेन्द्रग्राम माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएकी थिइन् ।
उनी एसइई परीक्षा २०८१ मा ४ जिपिएसहित उत्तीर्ण भएकी हुन् ।