डेंगी संक्रमणको उच्च जोखिममा भक्तपुर

  • ५९
  • बिहीवार, १२ आषाढ २०८२

यस बर्ष भक्तपुरमा डेंगी संक्रमण फैलिने उच्च जोखिम रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । भक्तपुरमा आयोजित अन्तक्रियामा जनस्वास्थ्य कार्यालयले देशैभरका ७२ जिल्लामा करिव १४ सय भन्दा बढीमा डेंगी सक्रमण पुष्टि भइसकेकाले लामखुट्टेवाट जोगिन आग्रह गरिएको छ । हाल सम्म भक्तपुरमा मात्रै तीस जनामा डेंगी सक्रमण देखिएको र काठमाडौमा यो बर्षको हाल सम्मकै उच्च १ सय ४० जनामा डेंगी संक्रमण देखिएको जनस्वाथ्य कार्यालयका प्रमुख अन्जना खड्काले बताउनुभयो । उपत्काका तीनवटै जिल्लाका पुराना शहरहरुमा घना बस्ती र जोडिएका घरहरु रहेकाले उपत्यका भित्र सक्रमण फैलिने दर उच्च रहेको उहाँले बताउनुभयो । डेंगी सक्रमण जोखिका हिसावले भक्तपुर १० औ स्थानमा रहेको उहाँले बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले डेगी सक्रमणवाट जोगिन लामखुट्टेको लार्भा नष्ट गर्न खोज र नष्ट गर अभियानलाई जिल्लाका चारवटै स्थानीय तहमा एक दिन संचालन गरिने बताउनुभयो । उहाँले जिल्ला स्वास्थ्य संस्थाहरुलाई डेंगी सक्रमितको उपचारका डेंगी परिक्षण किट तथा औषधीहरु तयारी अवस्थामा राख्न निर्देशन समेत दिनुभयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी भक्तपुरका सभापति पर्शुराम पाण्डे डेंगी सक्रमण फैलिएसँगै रगतमा पाइने प्लेतलेत माग पुरा गर्न नसकिने भएकाले यस बर्ष रगतको पनि बन्दोवस्त गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा डेंगी फैलाउन लामखुट्टेहरु कुन अवस्थामा सकृय रहेन कसरी नियन्त्रण गर्ने भन्न विषयमा छलफल भएको थियो । जिल्लामा गत बर्ष ६ हजार भन्दा वढीलाई डेंगी सक्रमण देखिएको थियो ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com