नलिनचोकको हेलिपोर्टबाट बिहीवारदेखि कुनै पनि उडान नहुने भएको छ। हवाइ सुरक्षामा उच्च जोखिम देखिएको भन्दै पाइलटहरूले बिहीवारदेखि नलिनचोकको हेलिपोर्टबाट कुनै पनि उडान नगर्ने बताएका छन्।
हेलिपोर्टमा हुनुपर्ने अत्यावश्यक सेवा र सुविधा, उडान र अवतरणमा भएको समस्या लगायतका विषयमा गत साता पाइलटहरूले नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाएका थिए। त्यसपछि एक चरणमा प्राधिकरणसँग बसेर छलफल भएपनि निष्कर्षमा पुग्न नसकेकोका कारण बिहीवारदेखि नलिनचोकबाट उडान नगर्ने निर्णय गरिएको हो।
अहिले नलिनचोक हेलिपोर्टमै सबै हेलिकप्टरहरू ग्राउन्डेड छन्।
भक्तपुरस्थित नलिनचोकमा रहेको यो हेलिपोर्ट दुई साताअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले उद्घाटन गर्दै सञ्चालनमा ल्याइएको हो।पाइटलहरूको मागलाई ध्यानमा राखी १५ सदस्यीय समिति गठन भएको र एक साताभित्र समस्या समाधानका लागि समय तोकिएको जानकारी दिए।
उनले हेलिपोर्ट भर्खरै सञ्चालनमा आएकाले कतिपय संरचनाहरू बन्नै बाँकी रहेको हुँदा नलिनचोकलाई हेलपोर्टभन्दा पनि तत्काललाई हेलिप्याडको रुपमा प्रयोगका लागि सञ्चालनमा ल्याइएको बताए।