एमबाप्पेले युरोमा पहिलो गोल गरेको खेलमा फ्रान्स बराबरीमा रोकियो

  • २५०
  • बुधबार, १२ आषाढ २०८१


काठमाडौं । केलिएन एमबाप्पेले युरोमा आफ्नो पहिलो गोल गरेको खेलमा फ्रान्स पोल्याण्डसँग बराबरीमा रोकिएको छ ।

युरो २०२४ अन्तर्गत समूह डी को खेलमा फ्रान्स पोल्याण्डसँग १-१ को बराबरीमा रोकिएको हो ।

दुवै टिमका लागि कप्तानले गोल गरेका थिए र दुवै गोल पेनाल्टीमा भएको थियो ।

डर्टमण्डको सिगनल इडुना पार्कमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा दुवै टिमले गोल गरे । एमबाप्पेले ५६औं मिनेटमा पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । यस जितले फ्रान्स समूह डी को विजेता बन्ने पक्का थियो । तर, पोल्याण्डले पनि पेनाल्टी पायो र कप्तान रोवर्ट लेवान्डोस्कीले ७९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे ।

बराबरीपछि फ्रान्स ५ अंक जोडेर समूह डी को उपविजेताको रुपमा नकआउट चरण प्रवेश गरेको छ । उपविजेता बन्दा फ्रान्सका लागि आगामी यात्रा कठिन हुनेछ । किनभने नकआउट चरणमा फ्रान्ससिहत जर्मनी, स्पेन र पोर्चुगल जस्ता टोली एकै पुलमा पर्नेछन् । यी मध्ये एक टोली मात्र फाइनल पुग्नेछ ।

यसअघि नै लगातार दुई खेल हारेर बाहिरिसकेको पोल्याण्डको खातामा भने १ अंक मात्र रह्यो ।

नेदरल्याण्ड्सलाई पराजित गरेको अष्ट्रिया अप्रत्यासित रुपमा यस समूहको विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com