मध्यपुर थिमि नगरपालिकाको ३ अर्ब २२ करोड बजेट

  • १९६
  • मंगलवार, ११ आषाढ २०८१


भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले आर्थिक वर्ष २०८१र८२ का लागि ३ अर्ब २२ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । मध्यपुर नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठले नगरसभाको दशौं अधिवेशनमा आगामी आवका लागि ३ अर्ब २२ करोड ७० लाख ७५ सय रुपैयाँ बराबरको बजेट ल्याएको जानकारी दिए ।

नगरपालिकाको कुल बजेटमध्ये पुँजीगत खर्चका लागि ९८ करोड ३७ लाख ३५ हजार रुपैयाँ विनियोजन गरिएको उपप्रमुख श्रेष्ठले जानकारी दिए । पुँजीगत खर्चका लागि नगरपालिकाले विनियोजन गरेको रकम कुल बजेटको ५८।१८ प्रतिशत हो । त्यस्तै, आगामी आ।वमा चालू खर्चका लागि नगरपालिकाले कुल बजेटको ४१।८२ प्रतिशत अर्थात ७० करोड ७१ लाख रुपैयाँ विनियोजन गरेको छ ।

 

नगरपालिकाले आगामी आर्थिक वर्षमा आन्तरिक आयबाट ६१ करोड ५३ लाख रुपैयाँ आम्दानी गर्ने अनुमान गरेको छ । संघीय सरकारको राजस्व बाँडफाँटबाट ३५ करोड ८८ लाख रुपैयाँ र अन्तरसरकारी वित्त हस्तान्तरणमार्फत् ६० करोड १ लाख रुपैयाँ प्राप्त हुने नगरपालिकाको अनुमान छ । त्यस्तै, बागमती प्रदेश सरकारबाट प्राप्त हुने १० करोड ६६ लाख रुपैयाँ र लागत सहभागीता १ करोडसहित १ अर्ब ६९ करोड रुपैयाँ आम्दानी हुने नगरपालिकाको अनुमान छ ।

 

नगरपालिकाले आगामी आर्थिक वर्षमा कमेरोटार जग्गा एकीकरण आयोजनाका लागि ५७ करोड ६१ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, सिन्टिटार जग्गा एकीकरण आयोजनाका लागि २१ करोड २४ लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख श्रेष्ठले जानकारी दिए । मध्यपुर थिमी नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगर अस्पतालका लागि ५३ करोड ४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

 

नगरपालिकाले सामाजिक सुरक्षा भत्ताका लागि २२ करोड रुपैयाँ विनियोजन गरेको छ । साथै, सडक बोर्डको ७० लाख रुपैयाँसहित १ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरिएको श्रेष्ठले बताए ।

साथै, नगरपालिकाको सञ्चित कोषबाट बेहोर्ने गरी १ अर्ब ६९ करोड ९ लाख रुपैयाँ आयोजनाहरु, अस्पताल, सडक बोर्ड, सामाजिक सुरक्षा भत्तासहित कुल ३ अर्ब २२ करोड रुपैयाँ विनियोजन गरिएको मध्यपुर थिमी नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठले जानकारी दिए ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com