भक्तपुरको मनोहरामा देखियो ‘लेसर ग्रे स्राइक’ जातको चरा

  • १७८
  • बिहीवार, ६ आषाढ २०८१


भक्तपुर। गर्मी क्षेत्रमा मात्रै पाइने ‘लेसर ग्रे स्राइक’ नामक चरा पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको छ ।

युरोप, दक्षिण तथा पश्चिम एसियाको रैथाने चरा ‘लेसर ग्रे स्राइक’ असार लागेपछि भक्तपुरको मनोहरामा देखिएको हो ।

मनोहरामा ‘लेसर ग्रे स्राइक’ भेटेपछि तस्बिर कैद गर्दै काठमाडौं उपत्यकासँगै नेपालको पहाडी भेगका लागि पहिलो अभिलेख गरिएको पन्छी पथ प्रदर्शक शंकर तिवारीले जानकारी दिए ।

नेपालमा पहिलोपटक गत वर्षको वैशाख अन्तिम साता राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक देवराज जोशीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी तटीय क्षेत्रमा यो चरा देखेका थिए ।

युरोप र पश्चिम एसियाका पानी कम पर्ने स्थान मरुभूमि आसपासका भेग र भारतको राजस्थान, पाकिस्तान, अफगानिस्तानका सुक्खा भेगमा यो चरा पाइने गरेको थियो ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com