मध्यपुर थिमी नगरपालिका भित्रका मौलिक स्थानका नामहरु यहि बर्ष चैत्र १५ गते भित्र नामपाटी सहित निश्चित मापदण्ड र ढाँचामा पुनःस्थापना गर्ने कार्य योजना पारित गरेको छ । मौलिक स्थान नाम संकलन तथा प्रतिस्थापन समितिको काभ्रेको धुलिखेलमा सम्पन्न २ दिने कार्यशालावाट पुनस्थापना कार्ययोजना पारित भएको हो ।
यस्तो छ मध्यपुर थिमि नगरपालिकाको विषेश पहलमा गठित मौलिक स्थान नाम संकलन तथा प्रतिस्थापन समिति र कार्य प्रगति बारे केहि संक्षिप्त जानकारी :
गत सत्र महिना अगाडी नेपालको संविधान २०७२ बाट नगरपालिकालाई प्राप्त एन नियम अनुसार गठन भएको समिति।
हरेक वडाबाट तत् सम्बन्धि बिषयमा जानकार जिज्ञासु अध्यताहरुको समान प्रतिनिधित्व हुने गरि सदस्य चयन।
प्रत्येक वडाहरुमा जानकार र बुज्रुक प्रौढ नगरवासीहरुको वडा भेला बाट स्थान नाम संकलन।
शिलापत्र ताम्रपत्र टाडपत्र लिखत जस्ता एतिहासिक दस्तावेजहरु बाट समेत मौलिक स्थान नामहरु संकलन तथा पुस्ट्याइँ गर्ने प्रायास।
सम्बन्धित बिज्ञहरुको राय सुझाव सहित प्रतिवेदनलाई अन्तिम रुप दिएको तथा प्रतिवेदन तयार भएको बेला(करिव एक बर्ष) सम्ममा मथिनपा भित्रका ४४५ वटा मौलिक स्थान नामहरु संकलन भएको।
नेपाल सम्वत् ११४४ को पहिलो दिन म्हं पुजाको दिन सम्मानित प्रधानमन्त्री ज्यू द्वारा मौलिक स्थान नाम पुनर्स्थापनाको सुभारम्भ।
अस्ति र हिजो गरि डेढ दिनको कार्यशाला गोष्ठी बाट संकलित उक्त मौलिक स्थान नामहरु यहि बर्ष चैत्र १५ गते भित्र नामपाटी सहित निश्चित मापदण्ड र ढाँचामा पुनःस्थापना गर्ने कार्य योजना पारित।
नयाँ स्थान नामाकरण गर्नु परेको अवस्थामा निश्चित मापदण्ड समेत पारित।