भक्तपुरमा रोकिराखेको गाडीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्‍यु

  • ३६४
  • बुधबार, १७ माघ २०८०


भक्तपुर । भक्तपुरमा रोकिराखेको गाडीमा ठोक्किएर एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर सूर्यविनायक नगरपालिका(२ बालकोटका २४ वर्षीय समन भुजेल रहेका छन् । गाडीमा ठोक्किएर सख्त घाइते भएका उनको मध्यपुर थिमि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार राति २१स्५० बजे मध्यपुर ठिमी नगरपालिका(४ चारदोबाटोस्थित आकाशे पुल नजिकै रोकिएको बा ५ ख। २५१ नं. को गाडीमा भुजेल चढेको प्रदेश नं। ३-०२-००९ प ७००७ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

भुजेलको शव पोष्टमार्टमका लागि भक्तपुर अस्पतालमा राखिएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि बसेकी बालकोटकै २० वर्षीया सोफिया ठकुरी पनि घाइते भएकी छन् । उनको भक्तपुर ईन्टरनेशनल अस्पताल ठिमीमा उपचार भइरहेको छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com