मकवानपुरमा टिपर पल्टँदा चालकको मृत्यु

  • २३७
  • शुक्रबार, २७ पौष २०८०


काठमाडौं । मकवानपुरमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गए राति करिब साढे १२ बजे गढी गाउँपालिका–१, बाँदरखोल्सीनजिक भित्री सडकखण्डमा बा-प्र–०३–००१ख१४८९ नम्बरको टिपर दुर्घटना भएको हो ।

दुर्घटनामा मकवानपुरकै हेटौँडा उपमहानगरपालिका–१५, रातोमाटेका २२ वर्षीय सुकदेव पाख्रिनको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

उक्त टिपर सडकदेखि करिब १५० मिटर तल खसेको थियो । दुर्घटनामा चालक पाख्रिन गम्भीर घाइते भएका थिए । उपचारका निम्ति उनलाई हेटौँडा अस्पतालमा पठाइएको थियो ।

उपचारका क्रममा शुक्रबार बिहान २ बजेर १२ मिनेटमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com