केएमसी अस्पतालबाहिर ‘झडप’, आन्दोलनरत चिकित्सक सडकमा

  • ३३३
  • बिहीवार, १९ पौष २०८०


काठमाडौं । काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालबाहिर आवासीय चिकित्सक र अस्पतालका सुरक्षाकर्मीबीच बिहीबार ‘झडप’ भएको छ । झडपपछि आन्दोलनरत चिकित्सक अस्पतालबाहिर सडकमा नाराबाजीमा उत्रिएका छन् ।

निलम्बन गरिएका आवासीय चिकित्सक डा. विशद दाहाललाई अस्पतालमा प्रवेश गर्न दिनुपर्ने माग राख्दै गेटबाहिर प्रदर्शन गरिएको थियो । त्यसक्रममा चिकित्सकको समूहमाथि अस्पताल प्रशासनले बल प्रयोग गरेको बताइएको छ ।

“अस्पतालको तर्फबाट हामीमाथि बल प्रयोग गर्न खोज्दा झडप भयो, हाम्रा केही साथीहरू घाइते भएका छन्,” डा. दाहालले बाह्रखरीसित भने ।

केएमसी प्रशासनले डा. दाहाललाई आवासीय चिकित्सकको कर्तव्यपालना नगरेको र अनुशासन उल्लंघन गरेको भन्दै यही पुस १२ गतेदेखि एक महिनाका निम्ति निलम्बनको पत्र दिएको थियो ।


काठमाडौं विश्वविद्यालय ९केयू०ले चिकित्सक दाहालमाथिको निलम्बन तत्काललाई स्थगन गर्न भन्दै मंगलबार केएमसीलाई पत्राचार गरेको थियो । तर, केएमसीका सञ्चालक एवं नेपाली कांग्रेसका सांसद सुनील शर्माले डा। दाहाललाई केयू नै फिर्ता पठाउने प्रतिक्रिया दिँदै आएका छन् ।

निलम्बनको विरोधमा डा। दाहालसहित पीजी तह पहिलो र दोस्रो वर्षका झन्डै ८० आवासीय चिकित्सक आन्दोलित छन् ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com